काँग्रेस सभासदका कारण दुई माओवादी कार्यकर्ता परिवारसहित गाउँबाटै विस्थापित

Domain Registration Nepal प्रकाशित समय 9:46:00 PM
सिरहा । जिल्लाको मझौलियामा भएको सामान्य विवादपछि एक पक्षले सांघातिक आक्रमणमा उत्रिन थालेपछि स्थानीय दुई माओवादी कार्यकर्ता परिवारसहित विस्थापित भएका छन् ।एमाओवादी कार्यकर्ताद्धय जितेन्द्र नायक र मनोज साहका परिवार त्रासका कारण गाउँबाटै विस्थापित भएका हुन् । अहिले उनको घर सुनसान छ । घर अगाडी गाई गोरु बाँधिका छन् । तर घरमा कोही नहुँदा गाई गोरु पनि भोकभोकै छन् ।

यसरी भएको सामान्य झडप

सिरहा क्षेत्र नम्बर ६ बाट निर्वाचित काँग्रेस सभासद गणेश मण्डलको कार्यकर्ता बताउने खुसीलाल ठाकुर र धनवीर यादब बाटो नै नभएको ठाउँबाट जथाभावी ओहोर दोहोर गरेपछि विस्थापित भएका जितेन्द्र नायकका भाउजुु पवन कुमारी साहले रोक्न खोजिन् । साहले बाटो भएको ठाउँबाट जान आग्रह गर्दा उनीमाथि खुसीलाल र धनवीर गाली गर्न थालेपछि दुुई पक्षबीच हात हालाहालको स्थिति सृजना भयो । घटना हो आईतवार बेलुका ५ स् ३० बजेको ।हात हालाहाल भएपछि सभासद मण्डलका समर्थकहरु जम्मा हुन थाले । समर्थकहरुको भिड लाग्यो । भिड देखेर डर तथा त्रासका कारण माओवादी नेता जितेन्द्र नायक र मनोज साह आफ्ना परिवार लिएर गाउँ छाडे । जितेन्द्र र मनोज नभेटाएपछि घरेलु हातहतियार सहित सभासद मण्डलका समर्थकहरु उनको घर तोडफोड गरे । जितेन्द्रले घरमा राखेको स। ३ प।४०७१ नम्बरको मोटरसाइकल पनि काम नै नलाग्ने गरी तोडफोड गरिएको छ । अहिले दुई दिनदेखि मझौलिया गाउँमा त्रासदी छ ।

सभासद र प्रहरीबाटै ‘मोस्टवान्टेड’को संरक्षण

मिर्चैयाबाट मझौलिया पुगेर झगडा गरेका खुसीलाल ठाकुर आफू सभासद मण्डलको मान्छे बताएको बताउँछन् । मंगलवार प्रहरी चौकी कल्याणपुरमा भेटिएका खुसीलाल सभासद मण्डलसँगै थिए । उनले आफ्ना कमिकमजोरी ढाकछोप गर्दै उल्टै आफूमाथि नै माओवादीहरुले एक्कासी आक्रमण गरेको बताए । उनले माओवादी नेता मनोज साहको घर र जितेन्द्रको मोटरसाइकल तोडफोड गरेको भने स्वीकार गरे ।यता सभासदले त सुरुमा घटना नै नभएको बताए । पछि उनले सामान्य झगडा मात्र भएको बताए । तर विस्थापित भने कोही नभएको उनको भनाई थियो । उनले भन्दै थिए– कोही विस्थापित भएको छैन् । हाम्रा यूवाहरु अहिले आक्रोसित छन् । त्यसैले उनीहरु कतै गइहालेको हुनसक्छ ।स्मरणीय रहोस् सभासदका मान्छे बताउने खुशीलाल ठाकुर माओवादीका जिल्ला सदस्य रामअयोधी यादव ९मालिक० को हत्यामा संलग्न रहेको आरोपमा प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा छन् । तर उनले अहिले प्रहरी र सभासदकै संरक्षण पाइरहेका छन् । प्रहरीले पक्राउ गरी आवश्क कारबाही गर्नुको साटो संरक्षण दिएपछि ठाकुर विभिन्न अपराधिक घटना घटाउँदै हिडेका छन् ।

एमाओवादीले जनाए आपत्ति

एकीकृत नेकपा माओवादीका इन्चार्ज हरिनारायण चौधरीले विज्ञप्ति जारी गर्दै मझौलिया घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विस्थापित भएकाकाहरु आफ्ना कार्यकर्ता रहेको जनाउँदै पीडितहरुको सुरक्षा दिनुुको साथै उल्टै प्रहरीले पीडितको घरमा खानतलासी गरेको कार्यप्रति विज्ञप्ती मार्फत आपत्ति जनाए । तत्कालै घटनाको छानविन गरी दोषीमाथि कडा कार्वाही गर्न र विस्थापित कार्यकर्तालाई पुर्नस्थापित गराउन स्थानीय प्रशासनसँग उनले आग्रह गरेका छन् । सा्रेतः मधेशलाइभ

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »