मधेशी मोर्चाको गम्भीर गल्तीहरुबारे जनतालाई ध्यानाकर्षण गराउने

Domain Registration Nepal प्रकाशित समय 5:14:00 AM
सिरहा, ६ फाल्गुन । जयप्रकाश गुप्ता नेतृत्वको तराई मधेश राष्ट्रिय अभियानले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले १० वटा गम्भीर गल्तीहरु गरेको ठहर गर्दै यसबारे जनतालाई ध्यानाकर्षण गराउने जनाएको छ । सिरहा जिल्लाको लहानमा तमरा अभियानको तेस्रो केन्द्रीय बैठकमा आन्दोलनमा मधेशी मोर्चाको भूमिकाको मूल्यांकन गर्दै मोर्चाले नै मधेश आन्दोलन तुहाएको निष्कर्ष निकालेको छ ।

यसअघि यस्तै बैठक कलैया र बिराटनगरमा तमरा अभियानको बैठक

अभियान आफ्नो संगठनलाई सुदृढ पार्दै मधेशका सवालहरूमा दरो जनमत निर्माण गर्ने अभियानका संयोजक गुप्ताले जनाएका छन् । बैठकमा आन्दोलनमा अभियानको भूमिकाका बारेमा जिल्लाहरूको रिपोर्ट पेश गरिएको थियो । अगामी बैठकमा विधान संशोधनबारे प्रस्ताव, संगठनको नयां र समयानुकूल ढांचाको निर्धारण, आन्दोलनमा मधेशी मोर्चाले खेलेको गलत भूमिकाको चर्चा र मधेशी जनता समक्ष आन्दोलनको सिंहावलोकन प्रस्तुत गर्नु पर्ने सवाल, तमरा अभियानको केन्द्रीय सदस्यको पुनर्गठन र नयां पदभार तथा जिम्मेवारीको निर्धारण सम्बन्धि प्रकृया र अबको आन्दोलनलाई प्रभावकारी बनाउन संघीय समावेशी मधेशी गठबन्धनलाई नयां सोचका साथ अगाडी बढाउनु पर्ने जस्ता बिषयहरूमा बैठकमा छलफल भएको थियो ।

महागठबन्धनको सवाललाई अगाडी बढाएका केही मधेशी दलहरू अचानक मधेशी मोर्चाको विस्तारमा सहमत हुनुमा तमरा अभियान आश्चर्य व्यक्त गरेको छ । तमरा अभियानको यस्तै आगामी बैठक नवलपरासीको परासीमा हुने जनाइएको छ ।
सम्पन्न भएको हो । यस बैठकमा अभियानको धनुषा, महोतरी, सिरहा र सप्तरी जिल्लासंग सम्वद्ध केन्द्रीय समितिका सदस्यहरू, तीनै जिल्लाका संगठन संयोजकहरू र युवा अभियानका संयोजकहरूको सहभागिता थियो । बैठक केन्द्रीय संयोजक जेपी गुप्ताको अध्यक्षतामा भएको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »