एसएलसीमा अमर्यादित कृयाकलाप गर्ने एक पक्राउ ।

Domain Registration Nepal प्रकाशित समय 8:38:00 AM
राम नारायण पंडित, सिरहा, १८ चैत्र ।
आजदेखि सुरु भएको एसएलसी परिक्षामा अमार्यादित क्रियाकलाप गर्ने एक ब्यक्तिलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । एसएलसी परीक्षाको पहिलो दिन आज अंग्रेजी बिषयको परीक्षामा श्री जनता डोमी चौधरी उच्च मा.बि. पोखरमिण्डा २ सिरहामा कार्यालय सहयोगीको परिचय पत्र बोकी परीक्षा शुरु भएको ४५ मिनट भित्र प्रश्नपत्र लिई बिद्यालयको शौचालयमा गएको अवस्थामा प्रहरीले घनगढीमाई ३ बस्ने २२ बर्षीय बरुण कुमार भन्ने बरुण देव हरिजनलाई नियन्त्रणमा लिईएको छ । नियन्त्रणमा लिइएको हरिजनलाई ईलाका प्रहरी कार्यालय लहानको हिरासतमा राखी कानुनी कार्वाही अगाडी बढाइएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »