व्यवस्थापकिय त्रुटिले विद्यार्थीको मेहनत व्यर्थ

Domain Registration Nepal प्रकाशित समय 10:20:00 PM
सिरहा, फागुन २८ गते । यहाँस्थित जारी राष्ट्रपति रतिङ्ग शिल्ड प्रतियोगीतामा आयोजकको व्यवस्थापकिय त्रुटिका कारण विद्यार्थी खेलाडीले गरेको मेहत व्यर्थ भएको छ ।
जारी प्रतियोगीता अन्र्तगत बस्तीपुरकी खेलाडी शुभकला कुमारी यादवले आठ सय मिटरको दौडमा प्रथम स्थान हासिल गरेपनि उनको त्यो खुशी धेरै वेरसम्म टिक्न सकेन् । दौडमा भाग लिइसकेका खेलाडीले कपडीमा भाग लिन नपाउने नियम रहेको बताइएको छ तर आयोजकले शुभकलालाई दौड र कवडी दुबै खेलमा प्रतिस्प्रर्धा गराएको थियो ।
तर, कवडीमा प्रतिस्प्रधी विद्यालय कर्जन्हाले शुभकला दोहरो परेको खोजविन गर्दा दौडको परिणामलाई आयोजकले रद्द ग¥यो । जसमा विद्यालयको पनि कमीकमजोरी देखिएको छ । खेल शिक्षक बीरेन्द्र यादवले त्यो कुरालाई स्वीकार गरेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »