प्रचण्डको सिरहा निर्वाचन क्षेत्र अन्तर्गत रहेको सो नहर विस्तार भयो भने ३५० घरधुरी लभान्वित हुने बताइएको छ । सिरहा क्षेत्र नं. ५ बाट निर्वाचित भएपछि अध्यक्ष प्रचण्डले सिँचाई र खानेपानी सुविधा दिने प्रतिवद्धता जनाएका थिए । सोही प्रतिबद्धता अनुसार प्रचण्डले आज विहानै सो नहर विस्तार योजनाको उद्घाटन गरेको छ ।
नहर सञ्चालनमा आएपछि सो क्षेत्रका बडहरामाल, मिर्चैया, खरहा टोल, कालाबन्जर, बेतहा, मरेवा, पे्रमनगर, भेरिया, रमपुरालगायत गाविसका दुई हजार भन्दा जनताहरु सिँचाई सुविधा प्राप्त गर्ने कमला सिँचाई योजनाले जनाएको छ ।
हालको नहरको लम्बाई २।४ किलोमीटर रहेको छ भने विस्तारीत भएपछि ७।६० किलोमीटर हुनेछ । त्यस्तै हाल सो नहरबाट दुईसय हेक्टर जमिन सिँचित भइरहेको छ भेन विस्तार भएपछि पाँचसय हेक्टर सिँचित हुने आयोजनाले जनाएको छ । नहर विस्तारका लागि कुल लागत दुई करोड ५६ लाख ३१ हजार छसय ४५ रहेको आयोजनाले जनाएको छ । उद्घाटन कार्यक्रममा सिँचाई मन्त्री उमेश यादवको पनि उपस्थिति थियो ।
