सिरहामा वेवारिसे अवस्थामा एक वृद्ध मृत भेट्यो ।

Domain Registration Nepal प्रकाशित समय 1:15:00 AM
 राम नारायण पंडित, सिरहा, १७ चैत्र ।
सिरहामा वेवारिसे अवस्थामा एक वृद्ध मृत फेला परेको छ । गोलबजार नगरपालिका ६ स्थित गोलबजार नगरपालिकाको कार्यालय भवन अगाडी मंगलबार बेबारिसे अबस्थामा अन्दाजी ७५ बर्षीय एक बृद्ध मृत फेला परेको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । हालसम्म नाम, थर, वतन नखुलेको उक्त बृद्ध यसअघि गोलबजारमा  माँग्दै खाँदै हिडने गरेको थियो । वेबारीसे अबस्थामा मृत फेला परेको उक्त बृद्धको लाशलाई प्रारम्भीक अनुसन्धान गरी पोष्टमार्टमको लागी रा.उ.स्मारक अस्पताल लहानको शव गृहमा राखिएको छ । मृतक बृद्ध गहुँ गोरो बर्ण, ५ फिट ७ ईन्च उचाई, खैरो ज्याकेट, सेतो सर्ट र निलो पाईन्ट लगाएको छ ।



सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »