सिरहामा नयाँ शक्तिको ७५ सदस्यीय परिषद् घोषणा

Domain Registration Nepal प्रकाशित समय 8:14:00 AM
सिरहा, २ चैत । नयाँ शक्ति नेपाल सिरहाको अन्तरिम जिल्ला परिषद् घोषणा भएको छ । मंगलवार आयोजित विषेश कार्यक्रमबाट जिवछ यादबको संयोजकत्वमा ७५ सदस्यीय परिषद् घोषणा गरेको हो ।परिषदमा जयनारायण यादब, कौशल राम, धनीर सदा, सन्तोष यादब, महेश यादब, नवलकिशोर यादब, प्रमोद यादब, रामकुमार महतो, राजकुमार पासवान, विरेन्द्र ठाकुर, हेमन्त श्रेष्ठ, कामेश्वर सिंह लगायतका छन् ।
घोषणा कार्यक्रममा नयाँ शक्ति नेपालका केन्द्रिय सचिवालय सदस्य तथा पूर्वमन्त्री महेन्द्र पासवानको प्रमुख आतिथ्य र रामरिझन यादब विशिष्ट आतिथ्य रहेको थियो । उक्त कार्यक्रममा केन्द्रिय परिषद सदस्यहरु राजेश विद्रोही, विष्णुदेव यादब, शिवकुमार साह लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »