गोलबजार प्रहरीलाई कम्प्यूटर अनुशिक्षण तालिम

Domain Registration Nepal प्रकाशित समय 3:51:00 AM
सिरहा, ६ चैत । इलाका प्रहरी कार्यालय गोलबजारले आफ्ना कर्चारीहरुलाई १० दिवसिय कम्प्यूटर अनुशिक्षण तालिम दिन सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरिक्षक श्यामलाल ज्ञवालीले तालिमको उद्घाटन गर्नुभयो । उद्घाटनको क्रममा उहाँले सूचना र प्रविधिको आजको युगमा  यसको प्रयोग नितान्त आवश्यक भईसकेको बताउनुभयो । सोही क्रममा उहाँले अति अभाव र सिमित बजेटकाविच कामगर्नुपर्नेभएकोले आफ्नै कार्यालयले मातहतका कार्यलायलाई यस्तो सुविधा दिन नसिकने पनि बताउनुभयो ।   स्थानीय सहयोगीहरुको सहयोगमा इलाका प्रहरी कार्यालय गोलबजरले गरेको काम सराहनीय भएको उहाँले बताउनु भयो ।  तालिमको अवधि छोटो र कम भएको भन्दै तालिमको समय बढाउन मातहतका कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘तालिमको समयत छोटो र कम छ, यसलाई बढाउनु, यस अवधिमा प्रहरी आवश्यक भए नजीकको प्रहरी कार्यालयसँग समन्वयगरी थप प्रहरी पठाउने व्यवस्था मिलाउछु ।’सूचना प्रविधिको विकाससँगै आफ्ना हरेक कृयाकलापलाई चुस्त दुरुस्त बताउने उदेश्यले मातहतका कर्मचारीलाई प्रत्येक दिन एक घण्टाको दरले आजैबाट तालिम दिन लागिएको हो ।
प्रविधिको प्रययोग सँगै जनशक्ति अभावको विचमा कामगर्नुपर्ने भएकोले स्थानीयको सानो सहयोगमा यो काम सम्भव भएको इप्रका प्रमुख प्रहरी निरिक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो । उहाँले आफ्नो कार्यालयलाई ‘पेपरलेस’ बनाउने उदेश्य सहित यो कार्यको सुरुवात गरेको पनि बताउनु भयो । 
तालिम तथा प्रहरी कार्यालयमा प्रयोगको लागि स्थानीय व्यवासायी तथा समाजसेवीहरुले कम्प्यूटर सहयोग गरेको पनि प्रहरी निरिक्षक निरौलाले जानकारी दिनुभयो । 


क्याप्सन : इलाका प्रहरी कार्यालयले संचालन गरेको १० दिने कम्प्यूटर तालिममा कम्प्यूटर चलाउन सिक्दै प्रहरीहरु ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »