बेलायतका राजकुमार ह्यारी बर्दिया पुग्दै

Domain Registration Nepal प्रकाशित समय 11:59:00 PM
नेपालगन्ज, ८ चैत्र । वन्यजन्तु हेर्न बेलायती राजकुमार ह्यारी अहिले विहान ९ बजे बर्दिया राष्ट्रिय निकुञ्ज आउँदै हुनुहुन्छ । राजकुमारको भव्य स्वागतको तयारी गरिएको छ । निकुञ्ज प्रशासन दुर्लभ वन्यजन्तु देख्न सकिने स्थान अवलोकन गराउने तयारीमा छ भने आप्mनो कला–संस्कृति र पर्यापर्यटन देखाउने कार्यक्रम थारु समुदायले बनाएको छ । निकुञ्जले राजकुमार ह्यारीलाई बाघ, गैंडा, बाह्सिंगाजस्ता दुर्लभ वन्यजन्तु देखिने सम्भावित क्षेत्र घुमाउने योजना बनाएको छ । ह्यारीले कर्णालीबाट छुट्टिएको गेरुवा नदीको शाखा ‘खौराहा’ मा करिब एक घण्टा ¥याफ्टिङ गर्ने कार्यक्रम छ । ¥याफ्टिङ सकिएलगत्तै उहाँ करिव आधा घण्टा निकुञ्जभित्र पैदलयात्र गर्ने कार्यसूचि छ । चार घण्टाको बसाइको क्रममा राजकुमार ह्यारीले निकञ्जभित्रको बघौरा क्षेत्रमा जंगल ड्राइभसमेत गर्ने बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण प्रमुख रमेशकुमार थापाले जानकारी दिनुभयो । त्यसपछि ह्यारीले निकुञ्ज प्रशासन रहेको ठाकुरद्धारामा बाघ संरक्षण र अध्ययन÷अनुसन्धानबारे प्रस्तुती सुन्ने कार्यक्रम छ । संरक्षणसम्वन्धी प्रस्तुति सुनेपछि राजकुमार ह्यारी थारु संस्कृतिको आनन्द लिन निकुञ्जबाट करिव ६ किलोमिटर टाढाको डल्ला होम स्टे पुग्नुहुनेछ । त्यहाँ थारु समुदायले भव्य स्वागतको तयारी गरेका छन् । डल्ला होम स्टेलाई दुलही झैं सिंगारिएको छ । चारघण्टामा पाँच कार्यक्रम सम्पन्न गरेर राजकुमार ह्यारीको बर्दिया राष्ट्रिय निकुञ्जको यात्रा टुङ्गीने छ । ह्यारीको सुरक्षाका लागि तीन घेरामा सुरक्षाकर्मी परिचालन गरिएको छ । पहिलो सेना, दोस्रो नेपाल प्रहरी र तेस्रो सशस्त्र गरी तीन घेरामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »