पहाडमा एक दिन होली, तराईमा दुई दिन

Domain Registration Nepal प्रकाशित समय 11:02:00 PM

जनकपुरधाम, ११ चैत ।
हिन्दुु धर्मावलम्बीहरुको चाड होली पहाडी जिल्लाहरुमा मंगलबार मनाइएको छ ।
राजधानी काठमाण्डौसहित पहाडका सबै जिल्लामा मंगलबार होली पर्व मनाइएको हो ।

एकआपसमा रंग, अबिर दलेर होली मनाएका छन् । विगत जस्तै यस वर्ष पनि लोला हानेर होली मनाइएको छ । स्थानीय प्रशासनले काठमाण्डौसहितका जिल्लाहरुमा जर्बजस्ती रंगअबिर दलेको वा लोला हान्नेलाई कारबाही गर्ने चेतावनी दिएका कारण यस वर्षको होली केही मर्यादित बनेको बताइएको छ ।
राजधानी काठमाण्डौमा होली मनाउन बिहानैदेखि युवा युवती, केटाकेटीहरु सडकमा उत्रेका थिए ।

काठमाडौं उपत्यका लगायत पहाडी जिल्लाहरुमा फागु पुर्णिमाकै दिन होली मनाउने गरेपनि तराईका जिल्लाहरुमा भने पूर्णिमाको पछिल्लो दिन होली मनाउने गरिन्छ । तर, यस वर्ष धनुषासहित तराईका जिल्लाहरुमा बिहीबार मात्रै होली मनाउने भएको
छ । शास्त्रका अनुसार सुर्यदय हुने तिथिको मान्यता हुने भएकोले बिहीबार होली रहेको प। संतोष आचार्यले बताए ।
आचार्यका अनुसार मंगलबार ४ बजेर ३६ मिनेटपछि पूर्णिको तिथि छ । बुधबार बिहान पूर्णिमाको तिथि परेकोले मिथिला मध्यमा परिक्रमाको डोलासहित पूर्णिमा हुने भएको उनले बताए ।
बुधबार पूर्णिमा सम्पन्न भएपछि परम्परा अनुसार बिहीबार होली मनाउने पण्डित आचार्यले बताए ।

होली पर्वमा मानिसहरुले एक आपसमा रंगहरू हालेर वा अनुुहारमा रंग दलेर सामुहिक रुपमा नाचगान सहित यो पर्व मनाउने गर्दछन् ।
मानिसहरु एक आपसमा पुरानो रिसराग, इष्र्या र कटुुतालाई बिर्सेर मित्रता कायम गर्ने दिनको रुपमा पनि होली पर्व मनाउने चलन रही आएको छ । हिन्दुहरुको महान पर्व होली नजिकिएपछि तराईका विभिन्न जिल्लाहरुमा चहलपहल बढेको छ ।

रंगहरूको पर्व होली नजिकिएपछि बजारमा रंगहरूको बिक्रीबितरण पनि ब्यापक  रुपमा बढेको  यसका ब्यबसायीहरुले बताएका छन् । यस क्षेत्रका शहर–बजार र गाउघरहरुमा केटाकेटीदेखि लिएर बृद्धबृद्धासम्मका  मानिसहरुले उत्साह र उमंगका साथ होली मनाउन गइरहेको राम मन्दिरका महन्थ राम गिरी वैष्णवले बताए ।
उनका अनुसार तराईका बिभिन्न जिल्लाहरुमा एकआपसमा अबिर, रंग छर्दै घरघर गएर रंग लगाई आफूभन्दा ठूलोको आशीर्वाद लिने चलन छ । नाचगान गर्दै एकआपसमा शुुभकामना आदनप्रदान गर्ने गरिन्छ ।


धार्मिक किबदन्ती अनुसार प्राचीन सत्य युगमा नास्तिक हिरण्यकशिपुका छोरा प्रह्लाद भगवान विष्णुका निकै भक्त थिए । भगवान विष्णुलाई भज्ने गरेको हिराण्यकशिपुलाई मन नपरेकाले उनलाई अग्निकुण्डमा हालेर मार्न आप्mनी बहिनी होलिकालाई जिम्मा दिएका थिए ।


अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी होलिकाले प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले होलिका जलेर नष्ट भएको तर प्रह्लादलाई आगोले कुनै असर नगरेकोले होलिका दहनकै खुसियाली स्वरुपम रंग र अविर छरेर होली पर्व मनाउने परम्परा सुुरु भएको जनविश्वास रही आएको छ ।
त्यस्तै द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी कंशकी शेना पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिएको र त्यसको शवलाई ब्रजवासीहरूले यसै दिन जलाएर आपसमा रंग र अबिर छरी खुसियाली मनाएको दिनको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भन्ने पनि धार्मिक मान्यता रहिआएको छ ।

जेजस्तो रुपबाट होलीको सुरुवात गरिएको भएपनि यो पर्व हिन्दुहरुमा उत्साह, उमंग, मेलमिलाप, शान्ति र खुसीयाली स्वरुप मनाउने गरिन्छ ।


सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »