एसएलसी परीक्षा शान्तिपूर्ण, शिक्षा मन्त्री बाट अनुगमन

Domain Registration Nepal प्रकाशित समय 1:38:00 AM
सिरहा, १८ चैत्र । यस वर्षको एसएलसी परीक्षा अन्तर्गत पहिलो दिनको परीक्षा देशभर आज बिहान ८ बजेबाट सुरु भएर १० बजे सकिएको छ ।

आज पहिलो दिन परीक्षार्थीले अंग्रेजी विषयको परीक्षा दिएका छन् । गएको वर्ष चैत ५ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको परीक्षा यस वर्ष भने भूकम्प र तराई आन्दोलनका कारण १३ दिन ढिलो सुरु भएको हो । भूकम्प र तराई आन्दोलनका कारण यसवर्ष परीक्षार्थी नियमित कक्षा बिनै एसएलसएमा सहभागी भएका छन् ।
यसैबीच पहिलो दिनको एसएलसी परीक्षाको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले अनुगमन गर्नुभएको छ । मन्त्री पोख्रेलले शान्ति विद्या गृह लैनचौर, टंगाल मावि टंगाल, महेन्द्र उच्च मावि बालुवाटार, शिवपुरी उच्च मावि महाराजगञ्जको  अुनुगमन गर्नुभएको हो । भूकम्प र नाकावन्दीको असरका बावजुद कडा मिहेनत गरी विद्यार्थी परीक्षामा सामेल भएकाले नतिजा पनि राम्रै आउने बताउनुभयो ।
सरकारले पुरानो पद्धतिलाई हटाएर नयाँ पद्धतिको रूपमा गे्रडिङ प्रणाली सुरु गरेकाले फेल पासको मष्तिस्कबाट उम्कन खोजेको मन्त्री पोखरेलको भनाई थियो । उहाँले वैशाख १५ भित्रमा सबै विद्यार्थीको हात हातमा पुस्तक पु¥याइसक्ने अभियानमा आफू जुटेको समेत बताउनुभयो ।
यस वर्षको एसएलसी परीक्षामा कूल छ लाख १५ हजार पाँच सय ५३ परीक्षार्थी सहभागी छन् । जसमा नियमिततर्फ चार लाख ५२ हजार आठ सय ८१ र ‘एक्ज्याम्टेड’तर्फ एक लाख ५९ हजार चार सय १७ विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले जनाएको छ । यसैगरी प्राविधिकतर्फ तीन हजार दुई सय ५५ जना परीक्षार्थी सहभागी छन् । सबैभन्दा बढी काठमाडौंमा ३५ हजार र सबैभन्दा कम मनाङमा ६३ जनाले परीक्षा दिँदैछन् । परीक्षाका लागि देशभर एक हजार चार सय ४३ परीक्षा केन्द्र निर्धारण गरिएको छ । एसएलसी परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ । आज पहिलो दिनको परीक्षा देशभर नै शान्तिपूर्ण एवम् मर्यादित भएको परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले जनाएको छ ।


सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »