अबैध लागुऔषध ईन्जेक्सनसहित दुई युवक पक्राउ

Domain Registration Nepal प्रकाशित समय 9:09:00 PM
सुनसरी, २ चैत । सुनसरी जिल्लाको धरानबाट सोमबार राती क्षेत्रीय अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय धरानको सँयुक्त टोलीले स्कुटरमा सवार दुई युवकलाई लागुऔषध ईन्जेक्सनसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान नगरपालिका ७ बस्ने २७ वर्षिय लोक बहादुर लिम्बु र धरान ८ बस्ने रजक थापा मगर रहेका छन् । राती करिब १० बजे को। ८ प। ६१२३ नम्बरको स्कुटरमा सवार रहेका उनीहरुले स्कुटरको डिकिमा लागुऔषध ईन्जेक्सन लुकाई लैजादै थिए ।

उनीहरुको साथबाट ८० एम्पुल एभिल, २० एम्पुल डाइजेल्याप र २० एम्पुल लुपिजेसिक नामक ईन्जेक्सन बरामद भएको छ । पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी धरानमा राखि थप अनुसन्धान पश्चात लागुऔषध अन्तरगत मुद्दा चलाईने इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »