लागु औषधबारे शिक्षा दिन स्कूलमा प्रहरी

Domain Registration Nepal प्रकाशित समय 10:20:00 PM
 राम भरोसी यादब  सिरहा  २२ फागुन 
 सिरहा  उच्च माध्यमकि तहका विद्यार्थीलाई लागुऔषध दुव्र्यसनीमा फस्नबाट सचेत बनाउन लहान प्रहरीले विद्यायमा प्रशिक्षण अभियान सञ्चालन गरेको छ । प्रहरीले उच्च माध्यमिक तहका विद्यार्थीलाई लागुऔषध दुव्र्यसन सम्बन्धि प्रशिक्षण अभियान सञ्चालन गरेको हो ।
प्रहरीले सिराहा को लहान वडा नं.३ स्थित प्यारागन उच्च माध्यमिक विद्यालयमा ८० जना विद्यार्थीलाई लागुऔषध दुव्र्यसनी  तालिम दिएको  लहानका प्रहरी
प्रमुख उमा प्रसाद चतुर्वेदी द्वारा कक्षा ११ र १२ का विद्यार्थीलाई प्रशिक्षण दिएकमा हुन् । लागु औषधको प्रयोगले मानिसमा पर्ने शारीरिक र मानसिक असरको बारेमा प्रशिक्षण दिइएको थियो । लागु औषधको सेवनले व्यक्ति समाज र राष्ट्रलाई नै असर पर्ने भएकोले यसको अन्त्यका लागि घरपरीवार, समाज र साथीभाईले खेल्नुपर्ने भूमिको बारेमा चर्चा गरीएको थियो ।
लागु औषध सेवन गर्नेलाई हुने कानुनी कार्वाहीको विषयमा पनि जानकारी गराइएकोले यस किसिमको प्रशिक्षणबाट विद्यार्थीलाई लागुऔषधबाट टाढै बस्न सघाउने प्रहरीको विश्वास छ । लागु पदार्थ सम्बन्धी अभिमुखिकरण कार्यक्रमा ८० जना विद्यार्थीहरु तथा शिक्षकहरुको सहभागी रहेको प्रहरीले जनाएको छ  ।




सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »