गोलबजारमा सरसफाई अभियान जारी ।

Domain Registration Nepal प्रकाशित समय 1:19:00 AM

राम नारायण पंडित, सिरहा, १७ चैत्र ।
सिरहा जिल्ला अन्तर्गत रहेको गोलबजारमा सरसफाई अभियान जारी नै रहेको छ । गोलबजार नगरपालिका सर–सफाई अभियान अन्तर्गत बुधबार छठौ हप्ताको सरसफाई सम्पन्न गरेको छ । ईलाका प्रहरी कार्यालय गोलबजार, सशस्त्र प्रहरी वल सुरक्षा वेशक्याम्प गोलबजार र गोलबजार नगरपालिकाको संयूक्त आयोजनामा गोलबजार ४ र ६ लाई सरसफाई गरिएको छ । सरसफाइ कार्यक्रममा नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, नगरपालिकाको कर्मचारी, स्थानिय राजनितिक दल, बुद्धिजिवी, महिला, पत्रकार समाजसेवी, व्यापारी स्थानियवासी उपस्थिती रहेको थियो । 

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »