होलीमय बन्दै मिथिलाञ्चल क्षेत्र

Domain Registration Nepal प्रकाशित समय 1:26:00 AM
चैत, ४। घरघरमा एक अर्कालाई रंग, अविर दलि घरघरमा मनाईने होली पर्व आउन करिब १ हप्ता मात्र बाँकी रहेको समयमा मिथिलाञ्चल लगायत तराईका वातावरण नै होलीमय बन्दै गएको छ । धार्मिक एवम पौराणिक गाथा बोकेको होली पर्व नजदिक आएको समयमा महोत्तरी, धनुषा, सिरहा, सर्लाही लगायत तराईका हरेक भु भाग रंगमय बन्दै गएको छ भने वातावरण पनि होलीमय पुग्न गएको हो ।पन्ध्र दिने मिथिला माध्यमिकी परिक्रमाका यात्रीहरु महोत्तरीको कञ्चनवनमा पुगी एक आपसमा रंग र अविर दलेपछि मिथिलाञ्चलमा औपचारिक रुपमा होली पर्वको प्रारम्भ हुने गर्दछ । तर यस क्षेत्रमा भने होली आउनु एक महिना पहिलेदेखि नै विभिन्न सभा समारोह एवम वैवाहिक कार्यक्रममा एक अर्कालाई रंग अविर लगाएर खुशियाली अदान प्रदान गर्ने गरिन्छ । घरघर, टोल टोल एवम गली गलीमा होलीको अवसर पारेर विभिन्न भाषामा तयार पारिएको होलीको गीतहरु गुञ्जिदा वातावरण नै रोमाञ्चक बन्न पुगेको छ ।जिल्लाको हाट बजारमा विभिन्न किसिमका रंग एवम होलीसँग सम्बन्धित सरसमानहरुको खरिद विक्रीमा बृद्धि भएकोे गौशाला उद्योग वाणिज्य संघका अध्यक्ष विरेन्द्र कुमार साहले बताउनुभयो । जिल्लाको मध्यवर्ती क्षेत्रमा पर्ने गौशाला बजारमा होली पर्वको लिएर सर्वसधारणहरुको भिड बढेको अध्यक्ष साहले जानकारी दिनुभयो ।घरघरमा बालबालिका देखि बृद्धसम्म होलीको तयारीमा जुटेको छ । हरेकको मुखमा नेपाली, हिन्दी, मैथिली, भोजपुरी भाषाका होलीको गीत झुण्डिएको छ । यता केटाकेटीहरु पनि महिनौ दिनदेखि फागु पुर्णिमाका दिन आफना सहकर्मीसँग रंग खेल्न सोच बनाएका छन ।यस क्षेत्रमा आयोजना हुने हरेक समारोहहरुमा विभिन्न भाषामा तयार पारिएको होलीको गीतहरु बजाइ मनोरन्जन लिदै आएको छ । पौराणिक गाथामा आधारित यसपर्वको अवसरमा गाईने जोगिरा यस समाजबाट विस्थापित भई विभिन्न भाषामा तयार पारिएको दोहोरो अर्थ लाग्ने गीतसंगीतहरुतर्फ युवाहरु आकर्षित भएको पाईन्छ । समयको परिवर्तन सँगसँगै मैथिली र भोजपुरीमा भाषामा तयार पारिएका यस्ता गीतहरु टोल टोलमा गुञ्जिनु संस्कृतिमाथि प्रत्यक्ष प्रहार भईरहेको जानकारवालाहरुको कथन रहेको छ ।धार्मिक एवम पौराणिक गाथामा अधारित होली जस्तो पर्वमा अश्लिलता प्रर्दशन गर्नुको साथै दोहोरो अर्थ लाग्ने गीत संगीतहरु खुलेआम सार्वजानिक स्थानमा बजाउनु दुखद रहेको वरिष्ठ साहित्यकार राजेन्द्र विमलको भनाई रहेको छ । यस्ता गीत संगीतहरु वजाउनुमा पुर्ण रुपमा रोक लगाई आफना संस्कृतिको संरक्षण गर्नका लागि अगाडि बढनु हरेकको परमकर्तव्य वरिष्ठ पत्रकार एवम समाजसेवी दशरथ भण्डारीले प्रतिक्रिया दिनुभयो । आफना मौलिक संस्कृतिको जर्गेना गर्न युवा पुस्ता लाग्नुपर्ने आवश्यक देखिएको गौशालाका युवा मोहम्मद अझरुद्दिनको भनाई रहेको छ ।तराई क्षेत्रमा यसबर्ष चैत १० गते बुधबारका दिन होली पर्व मनाउने भएको छ । सभारः टुडेखबर

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »