प्राध्यापक संगठनको प्रादेशिक भेला सिरहामा ।

Domain Registration Nepal प्रकाशित समय 10:13:00 PM
राम नारायण पंडित, सिरहा, १९ वैशाख । एमाओवादी निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनको प्रादेशिक भेला सिरहामा शनिबार सम्पन्न भएको छ । पुर्व शान्ति तथा पुर्ण निर्माण मन्त्रि एवं २ नम्बर प्रदेशको संयोजक विश्वनाथ साहको प्रमुख आतिथ्यमा सिरहाको मिर्चैयामा नेपाल राष्ट्रिय प्राध्यापक संगठनको २ नम्बर प्रदेशको भेला सम्पन्न भएको छ । मिथिला भोजपुरा राज्यको पुर्व इन्चार्ज रामहित यादबको अध्यक्षतामा भएको भेलामा वर्तमान राजनितिक अवस्था, प्राध्यापकको समस्या र संगठन सुदृढिकरणको सम्बन्धमा छलफल भएको संगठनका कार्यालय सदस्य कृष्ण कुमार यादबले जानकारी दिए । कार्यक्रममा विशिष्ठ अतिथिका रुपमा नेपाल राष्ट्रिय प्राध्यापक संगठनको केन्द्रिय संयोजक अखिलेश लाल दास, महासचिब पुर्ण बहादुर लामिछाने र कार्यालय सदस्य मदन पोखरेल लगायत २ नम्बर प्रदेशका ७५ जना प्रध्यापकहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »