सिरहाका विनोद साह टर्कीका ‘वर्ष–उत्कृष्ट चिकित्सक’

Domain Registration Nepal प्रकाशित समय 1:27:00 AM


( देवेन्द्र भट्टराई, नयाँ दिल्ली )

वैशाख ३,सिरहा । गोलबजाका एक नेपाली युवालाई टर्की सरकारले बालरोग तथ नवजात शिशु चिकित्साका क्षेत्रमा विशिष्ट सेवा पुऱ्याएवापत ‘बर्ष चिकित्सक’का रुपमा सम्मानित गरेको छ ।

नेपाल सरकारको छात्रवृत्ति पाएर सन् २००० मा टर्कीको अन्कारामा एमबीबीएस अध्ययन गर्न गएका विनोदकुमार शाह कामको अवसर पाएर अन्कारास्थित लोकमान हेकिम हस्पिटलमा सेवारत थिए । अन्कारा युनिभर्सिटीबाट बालरोग तथा नवजात शिशु स्याहारमा एमबीबीएस र एमडी गरेपछि साह अध्ययनअनुसारको चिकित्सा सेवामा थिए । टर्कीको स्वास्थ्य मन्त्रालयले हरेक बर्ष गर्ने चिकित्सकीय सर्वेक्षणमा वालरोग तथा नवजात शिशु उपचार क्षेत्रमा मलाई बर्ष २०१५ को उत्कृष्ट चिकित्सकको सम्मान दिएको हो, डा.शाहले कान्तिपुरसँग फोनमा भने । टर्कीका राष्ट्रपति एवं प्रधानमन्त्रीको उपस्थितिमा त्यहाँका स्वास्थ्यमन्त्रीले प्रदान गर्ने उत्कृष्ट चिकित्सकको सम्मानलाई सामाजिक क्षेत्रमा राष्ट्रले दिने विशिष्ट पहिचान मान्ने गरिएको छ ।  

३८ वर्षीय साहले आफ्नो निमाबि तहको पढाइ गोलबजार गाउँकै जनता माध्यमिक विद्यालयबाट पुरा गरेका थिए भने त्यसपछि विराटनगरको सेन्ट जोसेफ स्कुलबाट एसएसलसी गरेका थिए । उनले अमृत साइन्स क्याम्पसबाट आइएसी पढाइ पुरा गरेर एमबीबीएस पढाइमा सरकारी छात्रवृत्तिमा स्पर्धा गरेका थिए ।

ुमैले टर्कीमा रहेर अध्ययन, अनुसन्धान एवं विषयगत व्यवहारिक सोध गर्ने प्रसस्तै मौका पाएको छु,ु साहले भने, ुबालबच्चा र अझ नवजात शिशुको हकमा रोग लागेर उपचारमा जानुभन्दा सुरुमै रोग लाग्न नदिने रोकथामको उपाय अपनाउनुलाई बिकसित देशहरुमा विशेष अभियानका रुपमा अघि बढाइएको छ । यही उपायलाई हामीले नेपालमा पनि सिको गर्नु जरुरी छ ।

डा।साहले आफ्नो अध्यन र अनुभवलाई नेपालमै उपयोग गर्न जतिसक्दो चाँडो नेपाल फर्कने योजना बनाएका छन् । उनका बुझाइमा, नवजात शिशुको मृत्युदर हेर्ने हो भने पनि नेपालजस्ता विकासोन्मुख मुलुकको स्थिति कहालीलाग्दो रहेको र यसो हुनुमा स्वास्थ्य सरोकारवालासँगै महिला शिक्षारसचेतना कार्यक्रमको प्रभावकारिता रहन नसकेको स्थिति नेपालमा कायम छ । पश्चिमा विकसित देशमा प्रति १ हजार नवजात बच्चामा ४ देखि १० को मृत्यु हुने गरेकोमा नेपालमा यो संख्या ४५ सम्म रहेको तथ्यांक आफैंमा डरलाग्दो रहेको उनले बताए । ुबच्चा जन्मेको ४ हप्तासम्म गरिने हेरचाह र राख्नुपर्ने स्वास्थ्य सरोकार सबैभन्दा महत्त्वपूर्ण हुन्छ, डा.साहले भने, म अब नेपाल फर्केर आफ्नो यही अध्यन–अनुभवको उपयोग गर्नमा लागिपर्नेछु ।

यसै साता काम विशेषले टर्की भ्रमणमा गएका पाकिस्तानस्थित राजदूत भरतराज पौड्यालले ‘नेपाल फर्केर आफ्नै माटोको सेवामा जुट्न’ दिएको सुझावले आफू थप उत्साहित बनेको डा।साहले बताए । नेपाल सरकारले मलाई अध्यनरअनुसन्धान गर्न यहाँ पठाएको हो, उनले भने। नेपाल फर्केर कुनै ब्यापारिक वा व्यवसायिक काममा जोडिएरभन्दा सरकारले अघि बढाएको स्वास्थ्य सेवामा आवद्ध भएर सेवाकारी काम गर्ने योजना मैंले बनाएको छु । सभार कान्तिपुर

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »