महाधिवेशनको तयारीमा रहेको फोरम लोकतान्त्रिकका केन्द्रीय नेताद्धारा पार्टी परित्याग

Domain Registration Nepal प्रकाशित समय 2:40:00 AM
जनकपुरधाम १७ बैशाख । महाधिवेशनको तयारीमा रहेको मधेशी जनअधिकार फोरम नेपाल ९लोकतान्त्रिक०का चार जना केन्द्रीय सदस्यले पार्टी परित्याग गरेका छन् ।केन्द्रीय सदस्यसहित धनुषा जिल्ला कार्यसमितिका पदाधिकारीलगायत २९ जनाले संयुक्त रुपमा पार्टी परित्याग गरेको जनाएका छन् ।मधेश आन्दोलनमा जनताको चाहना विपरित काम गर्दै आएकोले पार्टी परित्याग गरेको उनीहरुले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।धनुषाका सहसचिव कुमोद प्रसाद साहद्वारा जारी विज्ञप्ती अनुसार पार्टीका केन्द्रिय अध्यक्ष विजय कुमार गच्छदारलाई मधेशी जनताको विपरित नजान पटक पटक जानकारी तथा अल्टीमेट दिदा पनि सुनवाई नगरेको र केन्द्रिय कार्यसमितिको सल्लाह सुझाव विना सत्ताको लोभमा सरकारमा गएकोले पाटी परितयाग गरिएको छ ।पार्टी परित्याग गर्ने केन्द्रीय सदस्यहरुमा इ।कृष्ण प्रसाद साह, देवेन्द्र यादव, उर्मिला महतो, मनोज कुमार मण्डल छन् । त्यस्तै धनुषाका जिल्ला उपाध्यक्ष विरेन्द्र यादव, जिल्ला कोषाध्यक्ष चन्द्रदिप गोइत यादव, सहसचिव त्रय रामपुकार महतो, सुनिल कुमार यादव र कुमोद प्रसाद साहले संयुक्त रुपमा पार्टी परित्याग गरेको जनाएका छन् । हुलाकी न्युजबाट

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »