सिरहामा आगलागिबाट लाखौको क्षति ।

Domain Registration Nepal प्रकाशित समय 4:43:00 AM
राम नारायण पंडित, सिरहा, ३० चैत्र ।
सिरहाको चिकनमा सोमबार आगलागि हुँदा लाखौको क्षति भएको छ । चिकना २ बस्ने लक्ष्मण यादवको घर अगाडि बालेको घुरबाट सुरु भएको आगलागीबाट लाखौको धनमाल जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ । आगलागिबाट चिकना २  बस्ने लक्ष्मण यादव,  महेन्द्र यादव, अशेश्वर यादव, जगदिश ठोरिया र रामवतन ठोरियाको घर, लत्ताकपडा, भाडावर्तन, अन्नपात जलेर नष्ट हुँदा अन्दाजी १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलगी प्रहरी, दमकल र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरिक्षक (प्रबक्ता) एक नारायण कोइरालाले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »