एसएलसि परिक्षा दिने ९ विद्यार्थीको कपिले भेट्यो रातो कलम

Domain Registration Nepal प्रकाशित समय 4:26:00 AM
 बर्दिबास, चैत्र  २३ गते ।
महोत्तरीको बर्दिबास स्थित तीन एसएलसी परिक्षा केन्द्रबाट ९ जना विद्यार्थीलाई निष्कासन गरिएको छ । चैत्र १८ गतेदेखि जारी प्रवेशिका परिक्षाको आज पाँच दिन अनिवार्य समाजिक बिषयमा चिट चोरी गरेर अमर्यादित कार्य गरेको भन्दै महोत्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवको नेतृत्व टोलीले उनीहरुलाई निष्कासन गरिएको  जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी जनक भट्टराईले बताउनुभयो ।
जनता उच्च मावि परिक्षा केन्द्रबाट ६ जना, देउराली उच्च मावि बर्दिबासबाट १ जना र जनता माध्यमिक विद्यलाय गौरीबासबाट २ जना गरि ९ जनाको समाजिक बिषयको परिक्षा रद्द गरिएको हो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »