आदालत भित्र रहेका विभिन्न प्रकारका जानकारीहरु सर्वसाधारणलाई नभएपछि वर्षौ देखि झेलिआएका समस्याहरु जस्ताको त्यस्तै कायम रहेपछि थप नयाँ प्रकारका समस्याहरु सृजना हुने खतराहरु देखिने भएकोले अदालत जहिले पनि निश्पक्ष र सत्यको पक्षमा रहेकाले पिडितलाई राहत र पिडकलाई सजाय दिलाउनका लागि अदालत जहिले पनि तैयार भएकोले यस्ता सूचना प्रकाशित गरेर सहयोग गरिदिनहुन संचारकर्मीहरु संग अदालतका श्रेस्तेदारले आग्रह गर्नुभयो ।अदालत र पत्रकारको सम्बन्ध राम्रो भए समाजमा देखा परेका विभिन्न प्रकारका समस्याहरुलाई समाधान गर्न र खराब क्रियाकलापमा लागेका व्यक्तिहरुलाई कठघेरामा उभ्याएर आवश्यक कारवाही गर्न सजिलो हुनेभएकोले पत्रकार र जिल्ला अदालत सिरहाको समबन्ध नियमित रुपमा हुनुपर्ने बताए ।
संचारकर्मीहरुले अदालतले सर्वसाधारणहरुलाई निःशुल्क रुपमा दिनुपर्ने सेवा सुविधाको व्यवस्था पारदर्शि हुनुपर्ने जिक्षासा राखे । जिल्ला अदालत सिरहाले असहायलाई समेत निःशुल्क रुपमा मुद्दा लड्नका लागि विशेष व्यवस्था कायम गरी सरल रुपमा निमुखाले पनि जायद मुद्दा जितन पाउनुपर्ने व्यवस्था लागु हुनमा कुनै कसर बाँकी हुन नदिनका लागि पत्रकार महासंघ कार्यालय सिरहाका अध्यक्ष देव कुमार यादवले न्यायाधिश संग आग्रह गर्नुभयो ।
