धनी र शक्तिशाली व्यक्तिहरुले सम्पत्ति कसरी लुकाउछन् भन्ने गोप्य दस्तावेज सार्वजनिक

Domain Registration Nepal प्रकाशित समय 1:22:00 AM
२२ चैत, काठमाडौं । धनी र शक्तिशाली व्यक्तिहरुले कसरी आफ्नो धनसम्पत्ति लुकाउन कर छली गर्दा रहेछन् भन्ने खुलेको छ ।उनीहरुले कर छली गर्नको लागि कसरी कम भन्दा कम सम्पति देखाउछन् भन्ने गोप्य दस्तावेज सार्वजनिक भएसँगै यो तथ्य बाहिर आएको हो ।विश्वमै सबैभन्दा गोप्य ढंगले काम गर्ने मानिएको पनामाको मोसाक फोन्सेका कम्पनीको एक करोड दश लाख गोप्य दस्तावेज लिक भएसँगै यो तथ्य सार्वजनिक भएको हो ।गोप्य दस्तावेज लिक भएसँगै मोसाक फोन्सेकाले आफ्ना ग्राहकको काला धन वैध बनाउने, प्रतिबन्धबाट बच्ने तथा कर चोरीमा कसरी मद्दत गर्ने रहेछ भन्ने खुलेको छ ।कम्पनीका अनुसार करिब ४० वर्षदेखि बिना शंका उसले यस्तो काम गरिरहेको उल्लेख गरेको छ  ।लिक भएको दस्तावेजमा ७२ जना वर्तमान तथा पूर्व राष्ट्राध्यक्ष यस प्रकरणमा कम्पनीसँग जोडिएको खुलासा भएको छ । जसमा पूर्व तानाशाहसमेत संलग्न छन् जसमाथि आफ्नो देशलाई लुटेको आरोप लागेको छ ।जर्मन अखबार जूटडायच ट्सायटून्गले प्राप्त गरेको यस दस्तावेज इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टीगेटीभ जर्नालिष्ट, आईसीआईजे मार्फत् सार्वजनिक गरेको छ । तर यो दस्तावेज कसले दियो भन्ने आफूलाई थाहा नभएको बीबीसीले जनाएको छ ।आइसीआइजेका निर्देशक गेरार्ड राइलका अनुसार लिक भएको दस्तावेजमा मोसाक फोसेको हरेक दिनको गतिविधिको प्रतिवेदन छ । दस्तावेजमा पूर्व शासकहरु इजिप्टका होस्नी मुबारक, लीबियाका मुअम्मर गद्दाफी र सीरियाका राष्ट्रपति बहर अल अशदका परिवार र उनका सहयोगीसँग जोडिएका कम्पनीको गोप्य जानकारी पनि उल्लेख छ ।दस्तावेजमार्फतै अरबौं डलरको अपचलन गर्ने संन्दिग्ध एक गिरोहको बारेमा पनि पत्ता लागेको छ । जसको सम्बन्ध रुसको एक बैंकसँग रहेको तथा त्यसमा रुसी राष्ट्रपति भ्लादीमीर पुटिनका निकट सहयोगी पनि जोडिएका छन् ।उनको सम्बन्ध बैंक रसियामा छ जसलाई क्रिमिया प्रकरण पछि अमेरिका तथा युरोपीय संघको प्रतिवन्ध लागेको छ ।दस्तावेजमा आइसल्याण्डका प्रधानमन्त्री सिगमन्डर गुनलान्गसानको नाम पनि एक गोप्य विदेशी कम्पनीमा करोडौं डलर लगानी गरेको आरोप लगाइएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »