उनले भने प्रचण्डले लव गरे मधेशसँग तर विहे भने केपी ओलीसँग १० वर्षे जनयुद्ध र मधेश आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नका लागि अधुरा संविधानमा हस्ताक्षर गरेको प्रस्ट पारे ।
७५ वर्षदेखि लडेर ल्याएको संविधान सबैको साझा बन्न नसकेकोमा दुखि भएको बताउदै भट्टराईले राजनीतिक क्षेत्रमा रहेको डन, गुण्डा नाइके, हत्याराहरुलाई समाप्त गरि विशुद्ध रुपमा राज्य संचालन गर्ने शक्ति उत्पादन गर्नको निमित आफु पार्टी परित्याग गरेको खुलाशा गरे ।
भारत र चिन दुइ शक्तिशाली राष्ट्रको विचमा रहेको नेपाल लाइ विकासको वाटोमा ल्याउन आर्थिक क्रान्तिको आवस्यकता रहेको औल्याउदै देशमा शान्ति स्थापनाको तथा सवै वर्ग समुदायको संविधानमा समानुपातिक प्रतिनिधित्वको लागि नया संविधानमा साशकिय स्वरुपमा संसोधन गर्नु पर्ने ,संविधानमा प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणालीको व्यवस्था नभए सम्म मधेशी आदिवासी जनजाती थारु मुस्लिमले समान अधिकार पुन नसक्ने दावी गरे ।
एमाओवादीमा आवद्ध रहेका रौतहटका सांसदहरु माथि लक्षित गर्दै भट्टराईले भने प्रचण्डको लोभमा बसेर केहि मिलेनेवाला छैन अधिकार लिनको लागि पद र भत्ता त्याग गरेर आउनु । ४० वर्ष संगै रहेर काम गरेको कारण म भन्दा बढी प्रचण्डलाई कसैले चिनेको होइन भने उनले प्रचंण्डको बोलि मिठो भएपनि व्यवहार विरोधी रहेको आलोचना गरे ।
संयुक्त लोकतान्त्रिक मधेश मोर्चालाइ मधेशमा नाकावन्दी नगरी काठमाडौँमा नाकावन्दी गर्नलाइ भट्टराईले सुझाव दिएका छन् । कार्यक्रममा दर्जनो कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरि नया शक्तिमा प्रवेश गरेका थिए ।
