सहायकमन्त्री विराज विष्ट पदमुक्त, रेशम लामा बेलुका सपथ लिँदै

Domain Registration Nepal प्रकाशित समय 4:38:00 AM
काठमाडौं, वैशाख १५ – प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री विराज विष्टलाई बुधबार पदमुक्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य विष्टलाई सरकारबाट फिर्ता बोलाउन आग्रह गरेपछि विष्ट पदमुक्त हुनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो । राप्रपा नेपालले सांसद रेशम लामालाई सङ्घीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री पदमा सिफारिस गरिसकेको छ । उहाँलाई बुधबार बेलुका प्रधानमन्त्रीले पद तथा गोपनियताको सपथ गराउने कार्यक्रम छ । पार्टीले यसअघि नै पार्टीको नीति विपरित अभिव्यक्ति तथा गतिविधि गरेको भन्दै विष्टलाई मन्त्री पदबाट फिर्ता बोलाउने निर्णय गरेको थियो । रासस

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »