२७ दलीय संघीय गठबन्धनले सरकारी कार्यलयहरुमा कालो झण्डा लगाए

Domain Registration Nepal प्रकाशित समय 2:30:00 AM
सिरहा १७ बैशाख । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित २७ दलीय संघीय गठबन्धनले आन्दोलनको कार्यक्रम अन्तरगत शुक्रबार सरकारी कार्यालयहरुमा कालो झण्डा लगाएका छन् ।दोस्रो चरणको कार्यक्रम अन्तरगत गठबन्धनका दलहरुले देशैभरीको सरकारी कार्यालयहरुमा कालो झण्डा गाडि रहेको गठबन्धनले जनाएको छ ।कालो झण्डा गाड्ने कार्यक्रममा मधेशका जिल्लाहरुमा अधिकांश उपस्थिति रहेको छ ।यसअघि १५ गते जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईएको थियो ।१९ गते मजदुर दिवसको अवसरमा गठबन्धनले जिल्ला सदरमुकामहरुमा अन्तरक्रिया, रैली तथा कोण सभा गर्ने छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »