गठबन्धनको दोस्रो चरणको आन्दोलन आज समाप्त हुँदै, पोखरामा विरोधसभा

Domain Registration Nepal प्रकाशित समय 11:09:00 PM
काठमाडौं, १७ जेष्ठ । संविधानप्रति असन्तुष्टि जनाउँदै लगातार आन्दोलनमा रहेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धनको दोस्रो चरणको आन्दोलनको कार्यक्रम आज सम्पन्न हुँदैछ । गठबन्धनले घोषणा गरेको राजधानीकेन्द्रित आन्दोलन शनिबार नै सम्पन्न भइसकेको छ । गठबन्धनले काठमाडौंको १० स्थानमा विरोध सभा तथा र्याली प्रदर्शन गरिसकेको छ । यसैगरी, आइतबार मधेशी मोर्चाको आयोजनामा गठबन्धनले वीरगन्जमा विरोध सभा गरेको थियो । पूर्वघोषित कार्यक्रमअनुसार आज गठबन्धनका पोखरामा विरोधसभा गर्दैछ । सो विरोधसभाको व्यवस्थापन तमुवान संयुक्त संघर्ष समितिले गर्दैछ ।


सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »