सिरहामा गणतन्त्र दिवसको अबसरमा नौ कैदिले पाए उन्मुक्ति

Domain Registration Nepal प्रकाशित समय 5:45:00 AM

राम नारायण पंडित, सिरहा, १५ जेष्ठ । गणतन्त्र दिवसको अबसरमा सिरहामा नौ जना कैदि उन्मुक्ति पाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नवौँ गणतन्त्र दिवसको उपलक्ष्यमा सिरहामा ९ जना कैदिलाई बाँकि कैद मिनाहा गरी दिएकी छन् । असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका नौ जना कैदीको भुक्तान हुन बाँकी रहेको कैद सजाय मिनाहा गरिदिएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६ बमोजिम कैद मिनाहा गरेकी जिल्ला करागार सिरहाले जनाएको छ ।

सिरहामा कारागारमा सबारी ज्यान, लागुऔषध, हातहतियार र कर्तब्य ज्यान मुद्धामा सजाय पाएकाहरुको बाँकी मिनहा गरिएको कैद मिनहा गरेको जिल्ला करागार सिरहाले जनाएको छ । सिरहा फुलबरीया ४ का सिताराम यादब, पिप्रा ७ का जुगुतलाल यादब, अयोध्यानगर ९ कसहाका रासलाल ठाकुर, जम्दह ९ का सुजित योन्जन रहेका छन् ।

यस्तै जम्दह ७ का असलानी देबि यादब, गोलबजार ७ का राम अपतार ठाकुर , महोतरी पर्सा पतैलीका धनबिर यादब र उदयपुर त्रियुगा १७ का सिताराम चौधरी छुटेको जिल्ला कारागार सिरहाका जेलर शंकर लाल कर्णले बताए । जिल्ला कारागार सिरहामा अहिले बिभिन्न मुद्धाका ५ महिला सहित एक सय ६९ कैदी र १७ महिला सहित एक सय ७३ बन्दि रहेको प्रमुख कर्णले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »