सिंहदरबार घेराउ सोमबार र मंगलबार पनि हुने

Domain Registration Nepal प्रकाशित समय 5:41:00 PM
काठमाडौं, २ जेष्ठ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितका संघीय गठबन्धनले सिंहदरबार घेराउ कार्यक्रम सोमबार र मंगलबार पनि जारी रहने जनाएको छ । संघीय गठबन्धनको बैठक भर्खरै सकिएको छ । संघीय समाजवादी फोरम नेपालको केन्द्रीय पार्टी तीनकुनेमा बसेको बैठकले सिंहदरबार घेराऊ कार्यक्रमलाई जारी राख्ने निर्णय गरेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले जानकारी दिए । आइतबारदेखि सुरु भएको सिंहदरबार घेराऊ कार्यक्रम सोमबार र मंगलबार यथावत रहने भएको छ । त्यसपछि सिंहदरबार घेराऊ कार्यक्रमलाई निरन्तर राख्ने वा स्वरुप परिवर्तन गर्ने बारे भोलि सोमबार बस्ने गठबन्धनको बैठकले निर्णय गर्ने बताइएको छ । सिंहदरबार घेराऊको पहिलो दिन शान्तिपूर्ण र जनताको व्यापक सहभागितामा सफल भएको गठबन्धनले समिक्षा गरेको छ । गठबन्धनले काठमाडौं केन्द्रीत आन्दोलनलाई शान्तिपूर्ण ढंगले अझ उचाइँमा पुर्याउने समेत निर्णय गरेको बताइएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »