मधेसी दलले संघीय गठबन्धनको आन्दोलन आजदेखि

Domain Registration Nepal प्रकाशित समय 12:42:00 AM
काठमाडौँ, १ जेष्ठ । मधेसी मोर्चाले सरकारलाई दवाव दिन आजदेखि प्रदर्शन गर्ने भएका छन् । सिंहदरबार केन्दिैत आन्दोलन गरेको मोर्चाले आज प्रदर्शन गर्ने भएको छ ।आज दिउँसो काठमाण्डुको शान्ति बाटीकामा मधेसी दलले संघीय गठबन्धनको नेतृत्व प्रदर्शन हुनेछ । काठमाण्डुको माइतीघर मन्डलामा शान्तिपूर्ण र भद्र रूपमा धर्नामा सहभागी हुने कार्यक्रम तय भएको गठबन्धनका नेताहरुले बताएका छन् । संयुक्त मधेसी मोर्चाको नेतृत्वमा १० महिनासम्मको मधेस आन्दोलन निष्कर्षमा नपुगेपछि मधेसी दल काठमाण्डुकेन्द्रित भएका हुन् ।भोलि र पर्सी सिंहदरबार घेराउ कार्यक्रम तय गरिएको छ । मधेसी दलले संयुक्त मोर्चा विस्तार गरी संघीय गठबन्धन बनाएर आन्दोलन सशक्त बनाउने निर्णय गरेका छन् । गठबन्धनका संयोजक उपेन्द्र यादवले संविधान पुनर्लेखन नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »