एनसेलले सरकारलाई राजस्व तिर्न अटेर गरेको भन्दै , एनसेलको सीम फिर्ता

Domain Registration Nepal प्रकाशित समय 12:22:00 AM
सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई राजस्व तिर्न अटेर गरेको भन्दै इटहरीका जागरुक युवाहरुले आज आफुले प्रयोग गरेका एनसेलको सीम फिर्ता गरेका छन् । इटहरीको मुख्य चौकमा भेला भएर एनसेल पेयोर ट्याक्स, नो ट्याक्स नो एनसेल लगाएतका नारा लेखिएको प्ले कार्ड बोकेका युवाहरुले सेन्टरमा पुगेर कम्पनीका अधिकारीहरुलाई सीम फिर्ता गरेका हुन् । उक्त अभियानमा सहभागी भएका प्रा.डा. टंक प्रसाद न्यौपानेले जिम्मेवार निकायले राजस्व नतिर्नु लज्जास्पद भएको बताए । राज्यका नागरीकले कुनै न कुनै तरिकाले राज्यलाई कर तिरेको भन्दै अर्वै नाफामा गएको विदेशी कम्पनीले राज्यलाई कर नदिनु र राज्य सँचालनमा रहेका जिम्मेवार व्यक्तिले कम्पनीलाई करको दायरामा ल्याउन नसक्नु विडम्वना रहेको बताए ।त्यस्तै अभियानमा सहभागी अर्र्का अभियानकर्मी हिरा आचार्यले एनसेलको सेवा राम्रो रहेको भए पनि राज्य प्रतिको दायित्वबाट भाग्न खोज्नु नियमसँगत नभएको बताए । उनिहरुले आफ्नो अभियानलाई जारी राख्ने भन्दै एनसेलले राज्यलाई कर नतिरे सम्म आफ्नो दवावमुलक कार्यक्रम नरोकिने बताएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »