‘मधेशी मोर्चा निष्क्रिय भईसक्यो, मोर्चालाई पत्र पठाउनुको कुनै औचित्य छैन’

Domain Registration Nepal प्रकाशित समय 1:41:00 AM
काठमाडौं, ११ जेठ । संघीय समाजवादी फोरमका सह अध्यक्ष राजेन्द्र श्रेष्ठले मधेशी मोर्चा निष्क्रिय भईसकेकोले मोर्चालाई पत्र पठाउनुको कुनै औचित्य नरहेको बताएका छन् ।

प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलीय बैठकलाई किन बहिष्कार गरेको भन्ने सञ्चारकर्मीको प्रश्नमा जवाफ दिंदै संघीय समाजवादी फोरमका सह अध्यक्ष श्रेष्ठले मोर्चालाई पत्र पठाएर र मोर्चासंग कुरा गरेर समस्या समाधान नहुने प्रतिक्रिया दिए ।
श्रेष्ठले भने– ‘अहिलेको आन्दोलन संघीय गठबन्धनको नेतृत्वमा भईरहेकोले सरकारसंग वार्ता पनि संघीय गठबन्धनले नै गर्छ ।’ उनले प्रम ओलीलाई गठबन्धन र यसका संयोजक उपेन्द्र यादवको नाममा पत्र आएमात्र वार्तामा बस्ने बताए । प्रधानमन्त्रीले मधेशी मोर्चालाई पत्र पठाएकोप्रति आपत्ति जनाउंदै फोरम नेपालले यसलाई गठबन्धनमा फूट ल्याउने नीति रहेको धारणा व्यक्त गरेको छ ।
प्रधानमन्त्रीले संयुक्त लोकतांत्रिक मधेशी मोर्चाको नाममा पत्र पठाएपछि तमलोपा अध्यक्ष महन्थ ठाकुरले मोर्चाको बैठक बोलाउने सुरसार गरिरहंदा अरू घटक दलसंग चर्चा समेत नगरि फोरम नेपालले आजको वार्ता मधेशी मोर्चाले बहिष्कार गरेको र त्रिपक्षीय बैठकमा पनि मधेशी मोर्चा सहभागी नहुने निर्णय गरेको कुरा आफ्नो आधिकारिक फेसबुक पेज मार्फत सार्वजनिक गरेको छ । दैनिक नेपाल

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »