काठमाडौंबाट खाली हात नफर्किने अध्यक्ष महतोको दाबी

Domain Registration Nepal प्रकाशित समय 5:43:00 PM
काठमाडौं, २ जेठ । मधेशी मोर्चा सहित संघिय गठबन्धनद्धारा सिंहदरवार घेराउको पहिलो दिन पूर्णरुपमा सफल भएको मधेशी मोर्चाका नेता तथा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोल दाबि गर्नु भएको छ । उहाँले सिंहदरवार घेराउको पहिलो दिन मधेशी जनजाती तथा आदिवासीको उत्साह पूर्वक सहभागिताले नश्लवादी राज्य सत्तालाई ढालेर आफनो अधिकार लिएर मात्रै काठमाडौंमा फर्किने बताउनु भयो ।उहाँले विगतमा नश्लवादी राज्य सत्ताले फुटाव र राज्य गर नीति अख्तीयार गरेको भन्दै यस पटक सो चाल सफल नहुने समेत जिकीर गर्नु भयो । उहाँले भन्नु भयो, राज्यले पहिलो मधेशी, आदिवासी जनजाती बीच डिभाइड एण्ड रुलको नीती अन्तर्गत एक अर्का समुदाय बीच भिडाएर खेल्ने गरेको थियो, यस पटक सबै शक्तीहरु एक साथ हातमा हात मिलाएर अगाडि बढेको हुनाले यो आन्दोलन अधिकार प्राप्त नगरे सम्म खाली हात नफर्किने बताउनु भयो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »