गच्छदारको पार्टी सरकारबाट बाहिरिने तयारी, गठबन्धनको आन्दोलन प्रति ऐक्बयद्धता र समर्थन जनाउने

Domain Registration Nepal प्रकाशित समय 11:54:00 PM


काठमाडौं २९ जेठ । सत्तागठबन्धनको सहयात्री मधेसी जनअधिकार फोरम लोकतान्त्रिकभित्र सरकारबाट बाहिरने विषयमा छलफल सुरु भएको छ । सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै लोकतान्त्रिकभित्र सरकारबाट बाहिरने विषयमा छलफल सुरु भएको छ ।

एक रेडियोलाई अन्र्तवार्ता दिदैं फोरम लोकतान्त्रिकका महासचिव जितेन्द्र देवले सरकारले सत्तागठबन्धन भित्रैका दलहरुको अपेक्षा पनि पुरा नगरेको र जनताका समस्या पनि सम्वोधन नभएको सरकारको रहनुको अर्थ नरहेका अधिकांसको भनाइ रहेको दावी गरे । उनले सरकारको विकल्प खोज्नुपर्ने विषयमा नेताहरु एकमत भएको बताए । उनले विजयकुमार गच्छदारले दिएको सुझावपनि प्रधानमन्त्रीले पालना नगरेको बताए ।

उनले असारमा सरकार परिवर्तन हुने दावी पनि गरे । सरकारको नेतृत्वका लागि कांग्रेसको सम्भावना बलियो रहेको पनि उनले बताए ।

मधेसी मोर्चाको आन्दोलनमा समर्थन

सरकारमा रहेको फोरम लोकतान्त्रिकले सरकार विरुद्ध आन्दोलन गरिरहेको मधेसी मोर्चालार्य समर्थन गर्ने भएको छ । पार्टीको बैठक गरेर वक्तव्यमार्फत समर्थन गर्ने तयारी छ । खुलामञ्चमा पुगेर समर्थन गर्ने र एकेयवद्धता जनाउने नेता देवले बताए । अहिले पनि आन्दोलनमा नैतिक समर्थन रहेको उनको भनाई छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »