संघीयता प्रवद्र्धन गर्न भूमिका खेल्नुपर्छ ः डा विष्ट

Domain Registration Nepal प्रकाशित समय 11:29:00 PM
सिरहा, असार ५ गते । नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र विष्टले संघीयता प्रर्वद्धन गर्न सञ्चारमाध्यमकले सकारात्मक भूमिका खेल्नुपर्ने बताएका छन् ।‘संघीयतालाई अझ फराकिलो ढंगले बुझ्न मिडियाले संवादलाई वढाबा दिनुपर्छ,’ अध्यक्ष विष्टले भने,‘जसले यसको कार्यान्वयमा सहज हुन्छ ।’ संघीयता कार्यान्वयन नभए मुलुक ठूलो दुर्घटनामा फस्न सक्ने संकेत गर्दै उनले सञ्चारमाध्यमले नै यसको लागि रचनात्मक दबाब दिनुपर्ने बताए ।सिरहाको लहानमा शनिवार आयोजित स्थानीय सञ्चारमाध्यम र पत्रकार आचारसंहिता विषयक छलफल कार्यक्रमका प्रमुख अतिथि समेत रहेका डा विष्टले सञ्चारमाध्यम श्रमजिवी पत्रकार ऐन अनुसार सेवा सुविधा प्रदान गर्नुपर्ने बताए । पत्रकारको वीमा, जेष्ठ पत्रकार सम्मान, स्वास्थ्य सुविधा नयाँ आर्थिक वर्षदेखि निरन्तरता पाउने भन्दै उनले पत्रकारको लागि राष्ट्रिय स्तरमै प्रशिक्षण केन्द्रको स्थापना गर्नुपर्ने बताए । पत्रकारहरु पछिल्लो समय भौतिक आक्रमणको शिकार बन्दै गएकोप्रति चिन्तित अध्यक्ष विष्ट आचारसंहिता पालना गर्दै समाचार सम्प्रेशण गर्न आग्रह गरे ।मोफसलका पत्रकारितामा निकै कठिनाई रहेको भन्दै मोफसलका पत्रकारहरुलाई जोखिम पनि उच्च रहेको बताए ।सिरहा शाखा अध्यक्ष देवकुमार यादवको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा प्रेस काउन्सील नेपालका सदस्य चन्द्रदेव कामतीले पत्रकार आचारसंहिताबारे प्रष्ट्याएका थिए । कार्यक्रममा महासंघ सिरहाका पूर्व अध्यक्षहरु रामानन्द गुप्ता, दिनेश्वर प्रसाद गुप्ता, पत्रकार सन्तोष सुवेदी, हिरालाल चौधरी, सुरेन्द्र कुमार कामति, मनोज बनैता, मणिलाल विश्वकर्मा लगायतले मोफसलमा पत्रकारलाई निकै चुनौती रहेको धारणा राखेका थिए । उनीहरुले काठमाडौं र मोफसलका पत्रकारवीचको खाडल पनि पुर्नुपर्ने र क्षमता अभिवृद्धि गर्न राष्ट्रिय रुपमै प्रशिक्षण केन्द्रको स्थापनामा जोड दिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »