जनकपुरको पिडारीचोकमा चक्काजाम, धनुषाका एसपी विरुद्ध चर्का नाराबाजी

Domain Registration Nepal प्रकाशित समय 10:49:00 PM

जनकपुरधाम, १९ असार । जनकपुरको पिडारीचोकमा माओवादीका कार्यकर्ताहरुले विहानैदेखि चक्काजाम गरेका छन् ।माओवादी धनुषाका नेता रामचन्द्र मण्डलको रिहाईको माग गर्दे धनुषाका एसपी विरुद्ध चर्का नाराबाजी समेत गरिरहेका छन् ।


नेता मण्डललाई प्रहरीले शनिबार पक्राउ गरेको भन्दै प्रहरी ज्यादती विरुद्ध नाराबाजी गरिरहेको जनाइएको छ ।

धनुषाको जनता मावि बेल्ही रजौलमा व्यवस्थापन समिति चयनको क्रममा विवाद हुँदा मण्डल सहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएपछि रिहाईको माग गर्दै चक्काजाम गरिएको जनाइएको छ । 
चक्काजामका कारण लामो तथा छोटो दुरीका सवारी साधन त्यहाँबाट चल्न सकृेका छैनन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »