देशभर २१ लाख गाडी, निरीक्षक शून्य

Domain Registration Nepal प्रकाशित समय 8:54:00 PM
काठमाडौं , असार २९ –एक साताअघि कोटेश्वरका राम आचार्य माइक्रो बसले बढी भाडा लिएको उजुरी गर्न मीनभवनस्थित यातायाता व्यवस्था विभागको कार्यालय पुगे ।
तर, उनको उजुरी कुनै सुनुवाइ भएन । उल्टै त्यहाँका कर्मचारीले ट्राफिकको १०३ नम्बरमा खबर गर्न सुझाए । मनपरी ढंगले भाडा असुलेको उजुरी सुन्ने काम यातायात व्यवस्था विभागको हो । ‘तर यहाँ उजुरी गर्दा पनि कसैले वास्ता गर्दैन,’ आचार्यले भने ।
सवारी तथा यातायात व्यवस्था विभाग ऐनले यातायाता विभागलाई ट्राफिकसम्बन्धी धेरै अधिकार दिएपनि काम भने ट्राफिक प्रहरीले गर्दै आएको ट्राफिक महाशाखाका प्रमुख डीआईजी प्रकाश अर्याल बताउँछन् ।

सडकको भौतिक संरचना तथा पार्किङ व्यवस्थापनको जिम्मेवारी सडक विभाग र स्थानीय निकायले लिनुपर्ने हुन्छ ।

सवारी तथा यातायात ऐनले यातायाता क्षेत्रको निरीक्षण तथा अनुगमन गर्न घुम्ती निरीक्षण व्यवस्था भएपनि ऐन लागू भएको करिब २४ वर्ष वित्तासमेत सरकारले एकजना पनि निरीक्षक भर्ना गरेको छैन ।

ऐनको दफा १५८ मा यातायात निरीक्षकको व्यवस्था गर्नुपर्ने प्रावधान छ । देशभर २१ लाख ४३ हजार सवारी साधान दर्ता भएपनि निरीक्षणका लागि एकजना पनि निरीक्षक छैनन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »