प्राकृतिक विपदाविरुद्धको तालीम सिरहामा

प्रकाशित समय 7:21:00 AM
रामबाबुु यादब
सिरहा,२३ साउन ः हाम्रो समाजमा यदाकदा पर्ने विपदामा सहयोग गर्न मन लाग्दथ्यो तर सहयोग गर्ने तरिका र त्यसबारे जानकारी नपाउँदा सहयोग गर्नै सकिरहेको थिइन । नेपाली सेनाले हामीलाई दिने अबको तालिमपछि मानवनिर्मित मात्र होइन प्राकृतिक विपदाबाट आइपर्ने समस्यासँग समेत जुध्न प्रेरणा मिलेको छ ।
यो भनाई लहानस्थित एपोलो ऊँ उच्च माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा शिवानी विकको हो । नेपाली सेनाको राष्ट्रिय सेवा दलको आयोजना र १८ नम्बर बाहिनी अन्तर्गत श्री नयाँ गोरखगणको सञ्चालनमा आइतबारदेखि लहानमा सुरु भएको सय दिने सि स ४३ एनसीसी जुनियर डिभिजन तालिममा शिवानी जस्तै त्यस विद्यालयका माध्यमिक तहका ३२ छात्रा र ४० छात्र गरी ७२ जना सहभागी प्रशिक्षार्थीमा त्यस्तो आँट पलाएको हो । नेपाली सेनाले शारीरिक, मानसिक, साहसिक, सैनिक कला र ड्रिल तालिमहरु प्रदान गरेपछि ती प्रशिक्षार्थीहरु समाजको जस्तोसुकै समस्यासँग जुध्न योग्य हुनेछन् ।
यस क्षेत्रका विद्यार्थीहरुका लागि यो तालिम अपरिहार्य छ, एपोलो ऊँ उच्च माध्यमीक विद्यालयका प्रधानाध्यापक महेश चौधरीले भने, अन्धविश्वास, रुढिवादी तथा अनेक विकृति भएको हाम्रो समाजलाई विद्यालयको पाठ्यक्रमभन्दा भिन्नै किसीमका क्षमता बोकेर आएका यस्ता तालिमप्राप्त नागरिकले समाज रुपान्तरणमा निकै सहयोग पु¥याउन सक्छन् ।
तालिमको उद्घाटनको क्रममा नयाँ गोरखगण चोहर्वाका गणपति प्रमुख सेनानी सुनिल सिंह राठौरले आउँदा दिनहरुमा सिरहाका अन्य विद्यालयहरुमा पनि यस्ता तालिम विस्तार गर्ने चर्चा गर्दै यस्ता खाले तालिमले भविष्यमा उत्पादन हुने नागरिकलाई अनुशासित तथा विपद व्यवस्थापनका लागि दक्ष बनाउने बताए । उनले जुनियर डिभिजन तह उतीर्ण गरेका शिक्षार्थीहरुलाई थप तालिम प्रदान गर्न सिनियर डिभिजनमा समावेश गराउने योजना रहेको जानकारी दिए ।
       सिरहाका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले नयाँ नेपाल निर्माणका लागि योग्य जनशक्ति निर्माण गर्न नेपाली सेनाले तराई मधेशको सामरिक महत्व राख्ने सिरहा जिल्लामा यस्तो तालिमले यहाँको समाजलाई पनि सुधार २०२२ सालदेखि विद्यालयका विद्यार्थीहरुलाई नेपाली सेनाले दक्ष राष्ट्रिय स्वयंसेवक बनाउन राष्ट्रिय सेवा दलमार्फत सुरु गरेको यो तालिम ५० वर्षपछि पहिलो पटक सिरहामा भित्रिएको हो ।


सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »