दुई वर्षअघि दाङ तुलसीपुरकी पूर्णिमा परियारसँग प्रेम बिवाह गरेका रामबाबुले बिजुलीको पसल गर्न भनी जम्मा पारेका चार लाख ३२ हजार रुपियाँ लिएर श्रीमती भागेपछि उनको बिजोग भएको हो ।
एक वर्षको छोरा समेत घरमै छोडेर श्रीमती चितवन भरतपुरको केटासँग भागेको दुखेसो पोख्दै उनले ‘पैसा त लगी लगी छोराको बिजोग बनाएर घरबारै लथालिंग पारेर गई’ । साउन ३२ गतेदेखि श्रीमती घरमा नभएको उनले बताए ।
श्रीमती प्रायः फेसबुकमै तल्लिन हुने गरेको र गाली गर्दा उल्टै रिसाउने अनी अर्कै केटासँग भाग्ने धम्की समेत बारम्बार दिने गरेको पीडित रामबाबुले बताए । श्रीमतीले फेसबुकमा नाम परिवर्तन गरी शिल्पा बर्मा राखेको र आशिक शर्मा नाम गरेको केटासँग घण्टौंसम्म व्यस्त रहने गरेको उनको भनाई छ । फेसबुकअनुसार केटा होटलमा काम गर्ने व्यक्ति हुन् ।
इलेक्ट्रिसियनको तालिम लिएर सोही काममा लामो समयदेखि अनुभव बटुलेका रामबाबुको श्रीमती अर्कैसँग पोइल गएपछि बिजुली पसल खोल्ने सपना चकनाचुर भएको छ । परिवारका अन्य सदस्य आफुसँग नरहेकोले एक वर्षीय बालकको हेरचाह गर्ने समेत कोही नहुँदा उनी निकै पिरोलिएको छ ।
उनले चितवनको भरतपुरमा श्रीमतीको निकै खोजतलास गरे । फेला नपरेपछि प्रहरीमा उजुरी समेत दिएको छ । पैसा फिर्ता लिने उद्देश्यले केटाको मोबाइल नम्बर समेत लिएर खोजतलास गरिरहेको छ ।
