दलित वस्तीसम्म पुग्नेबाटो भएकाले कसैले बनाउने चाँसो नलिएको स्थानीय ननुवा सदायले बताए । उनले भने, ‘यो बाटोको विशेषगरी यहाँका दलितहरुले प्रयोग गर्नेभएकोले अहिलेसम्म वन्न सकेको थिएन, यो पटक नगरपालीकाले बनाई दिएपछि हामीलाई धेरै सुविधान भएको छ ।’
‘मिर्चैया बजार आउने चिक्ना भेटिया सम्मको छोटो बाटो भएकाले योबाटोवाट धेरै मानिसको आवत जावत गर्ने भएपनि हाम्रै वडाका नेताहरुको आँखामा यो बाटो पर्न नसकेको स्थानीय अनन्द महराले बताए । उनका अनुसार गाउँकाहरु खेतीपातीको समयभन्दा पछि यो बाटो खासै प्रयोग गर्दैनन्, त्यसैलेपनि यसको मर्मत हुन सकिरहेको थिएन । यो पटक नगरपालिकाले बनाएर हामीलाई ठूलो गुन लाएको छ ।
सामान्य वर्षामा समेत यहाँका बासिन्दालाई पैदल हिड्न समेत समस्या हुने गरेको स्थानीयको गुनासो छ । अहिले बाटो मर्मत भयो, यसमा ग्राईभल गर्न सकिए झन राम्रो हुने स्थानीयको भनाई रहेको छ ।
नगरपालिकाले आफ्नै कर्मचारी असिसटेन्ट सव इन्जिनियर भगवानी यादवले अमानतमा काम गराएको नगर प्रमुख रमेश कुमार दासले बताए । अन्तिम समयमा स्थानीयले बाटोको बेहालबारे बताएपछि नगरपालिकाले अमानतमा काम गराएको प्रमुख दासको कथन रहेको छ ।
इन्जिनियर यादवले आफूले स्थानीयकै रोहवरमा सात सय मिटर लामो बाटोमा माटो र बालुवा भरेर बाटो मर्मत गराएको बताए । उनका अनुसार वर्षाको अवस्था पैदल हिड्न सक्ने अवस्था नै थिएन, अव बाटो बनेपछि यहाँका दलित तथा किसानहरुलाई राहत भएको छ ।
