जनकपुरमा ९ जना चोर सार्वजनिक

प्रकाशित समय 4:24:00 AM
जनकपुर, २५ साउन । शनिबार दिउँसो जनकपुर उपमहानगरपालिका–९ वंशीचोकबाट हातहतियार र चोरीको समानसहित पक्राउ परेका ६ जना र आइतबार पक्राउ परेका ३ जना गरी ९ जनालाई हातहतियार र चोरीको सरसमानसहित पक्राउ परेका ९ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार शनिबार पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–२६ का सन्तोष कुमार यादव, चन्द्रेश्वर यादव, मनसिंहपट्टी–४ को रोसन महरा, पौडेश्वर–८ का मोहमद सकरुधिन मुबारक राईन र मोहोत्तरी भमरपुरा–३ का एसानुल राईन रहेका छन् ।
आइतबार धनुषा पौडेश्वर–८ का १९ वर्षका ईल्याकत राईन, धनुषाधाम नगरपालिका–१ का रुपेश भन्ने रुपनारायण यादव र सबैला नगरपालिका–९ का कैलाश यादव रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार थप समातिएका तीन जनाको साथबाट ज ५ प ४१२६ ग्यालमर मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।
उनीहरुको साथबाट कटुवापेस्तोल २ थान, ज ८ प ९६४७ नम्बरको मोटरसाइक, एउटा ल्यापटप, एउटा खुकुरी, तीन वटा ग्यास सिलिण्डर, तीन वटा सिलाई मेसिन नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »