नर्सिङका ३५ छात्रा एकैचोटी बिरामी !

प्रकाशित समय 4:57:00 AM
काँकडभिट्टा, २५ साउन। बर्तामोडस्थित कञ्चनजङ्घा इन्स्टिच्युट अफ हेल्थ साइन्समा अध्ययनरत ३५ छात्रा विषाक्त भोजनका कारण आज एकै चोटि बिरामी भएका छन् ।
         बिहान अचानक झाडाबान्ता हुने र टाउको दुख्ने लक्षण देखा परेपछि ती छात्रालाई स्थानीय बिर्तासिटी हस्पिटलमा उपचारार्थ भर्ना गरिएको छ । इन्स्टिच्यटका प्रिन्सिपल रचिता न्यौपानेले बिहान पाँच जनालाई झाडाबान्ता देखा परेको र अरु पनि बिरामी होलान् जस्तो भएपछि सबैलाई हस्पिटल लगिएको बताउनुभयो ।
हस्पिटलको आकस्मिक विभागका डा सुदीप भट्टराईले छात्रामा ‘अननोन कज फुड प्वाइजन’ देखिएको बताउनुभयो ।
       हस्पिटलका सञ्चालक ध्रुव शिवाकोटीले आधाभन्दा बढी छात्रा उपचारपछि हस्पिटलबाट डिस्चार्ज भइसकेको र उनीहरूले सोमबार बेलुकीको खानामा मटरको तरकारी खाएको जानकारी दिनुभयो ।
स्टाफ नर्सिङ पढाइ हुने सो इन्स्टिच्युटमा सयभन्दा बढी अध्ययनरत छन् । छात्रावासमा ८० जना बस्दै आएका छन् ।
      हस्पिटलका चिकित्सकले अधिकांश बिरामीको अवस्था सामान्य नै रहेको बताएका छन् । रासस

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »