बोक्सी आरोपमा महिला कुटिएपछि...

प्रकाशित समय 5:37:00 AM
रामभरोसी यादव
     सिरहा, ४ भदौ । बोक्सी आरोपमा सिरहाको लक्ष्मीपुर प्रम–१ का एक महिलालाई मरणेसन्न हुनेगरी कुटपिट गरेको छ । स्थानीयको कुटाइबाट सख्त घाइते भएका ३० वर्षीया रामदुलारी यादवको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भईरहेको छ ।
बोक्सीको आरोमा स्थानीय बेचन
महतो, रविन्द्र महतो, सुलेन महतो, सुर्जा महतो, किसुनदेव महताले कुटपिट गरेको यादवका ससुरा गढ्वाले जानकारी दिए । घरमा कोही नभएको बेलामा उनीहरु आएर आफ्नो बुहारीलाई कुटपिट गरेको उनले जानकारी दिए । आमालाई कुटपिट गरेको वेला छुट्याउन गएको नाती ११ वर्षीय भवनाथलाई पनि कुटपिट गरेको छ ।
सुर्जा महतोको बुहारी सुनैनादेवी महतोलाई भुत लगाई दिएको भन्दै महतो परिवारले कुटपिट गरेको यादवको भनाई रहेको छ । महतो परिवारकै बुहारी कुसियादेवी महतोको अचानक मृत्यु भएको थियो । यो पनि उसैले गरेको आरोप लगाउँदै यादवलाई कुटपिट गरेको हो ।
महतो परिवारले आफ्नो घरका बाल बच्चामाथि पनि बेलाबेला भुत लगाएर दुःख दिने गरेको घरमा रहेका महिलाहरुले बताएको छ । बोक्सीले नै उनीहरुको घरमा जहिले पनि दुःख दिने गरेको बताइएको छ ।
घाइते महिलाको टाउको र सरिरको विभिन्न भागमा गम्भिर चोट लागेको इलाका प्रहरी कार्यालय विष्णुपुरका प्रमुख असई शिवनारायण यादवले जानकारी दिएका छन् । महिलाको टाउकोमा ७ वटा टाँका लागेको जनाइएको छ । पीडकहरु फरार रहेकाले उनीहरुको खोजी भईरहेको प्रहरीले बताएको छ । उनीहरुको खोजी भईरहेको भन्दै उनीहरुलाई जुनसुकै अवस्थामा पनि पक्राउ गरी आवश्यक कार्वाही गरिने प्रहरीले बताएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »