दिनाभद्री छात्रवृति कोषको सहयोगमा मुसहर विद्यार्थीले पाए पढ्ने अवसर

प्रकाशित समय 8:22:00 AM

शम्भु यादव
लहान, ८ भदौ । भोर नामक संस्थाले स्थापना गरेको दिनाभद्रि छात्रवृति कोषको सहयोगमा मधेशका सात जिल्ला ३७ जना मुहसर विद्यार्थीहरुले अध्ययन गर्ने अवसर पाएका छन् । कतिपय जिल्लाका उच्च माविहरुले विद्यार्थीको वार्षिक अध्ययन शुल्कमा छुट पनि गरेका छन् । सबै विद्यार्थीहरुको अध्ययन निजी उच्चमावि भएको हो ।
कोषको सहयोगमा अहिले  सम्म पर्सा, रौतहट, सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही जिल्लाका ३४ जनाले कक्षा ११ र ३ जना विद्यार्थीले १२ कक्षामा पढ्दै छन् भने १ जनाले कक्षा १२ को परिक्षा दिएका छन् ।
पर्सामा विद्यार्थीहरु सुनिल माझी मुसहर, जलन्धर माझी मुसहर, संजय माझी मुसहर, राजु माझी मुसहर दिप नारायण उच्च मावि र रौतहटमा जितेन्द्र माझी मुसहर, मनोज माझी मुसहर, अजय कुमार माझी, रामेश्वर माझी मुसहर, हरिन्द्र माझी मुसहर, प्रदिप माझी मुसहर जन ज्योती बहुमुखि क्याम्पस, चन्द्रपुर, रामसुरत उच्च शिक्षा स्कुल, समरा भवानीपुर, उच्च शिक्षा स्कुल हरिनगर मैधा, शुभलाल भगवती उच्च शिक्षा सन्तपुर, फ्लोरिडा क्याम्पस काठमाडौमा अध्ययन गर्दै छन् ।
   सिरहामा इश्वर सदा, चांदनी कुमारी सदा, अजय कुमार सदा, अजय कुमार सदा, अशिया सदा, जानकी कुमारी सदा, हरि नारायण सदा, सबिता कुमारी सदा, सुनिता कुमारी सदा, जीत कुमार सदा, मन्दिप कुमार सदा, सुन्दर कुमार सदा, सुरज कुमार सदा, दिपेन कुमार सदा, दिपक कुमार सदा, रामगेन सदा, भिम बहादुर सदा, बसन्त सदा जनता नमुना उच्च मावि गोलबजार, रोयल सफ्टेक कलेज लहान, एलएमसी कलेज लहान, लिटिल स्टार क्याम्पस लहान, एपोलो ओम उच्च मावि लहान, ग्रिन ल्यान्ड उच्च मावि धनगढीमाई नगरपालिकामा पढदै छन् ।
सप्तरीमा धर्मेन्द्र सदा, माधव सदा, ममता कुमारी सदा, सरिता कुमारी सदा, मनिषा कुमारी सदा इन्फोल्यान्ड कम्पूटर टेक्निकल कलेज, एभरेष्ट इन्टरनेशनल क्लेज लहान, महोत्तरीमा श्रीप्रसाद सदा मिट क्याम्पस जनकपुरधाम, धनुषामा  रधुनाथ सदा मिट क्याम्पस जनकपुरधाम तथा सर्लाहीमा बबिता कुमारी माझी महावीर जनता उच्च मावि हरिपुरमा नामाकंन गराई पढ्दै छन् ।
यी विद्यार्थीहरुलाई अध्ययन गर्न प्रति वर्ष लाग्ने सरदर रकम ३५ हजार रहेको छ । यो रकम अध्ययन गर्ने विषय अनुसार फरक फरक हुन्छन् । विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीको हकमा केही रकम बढ्ने एक क्याम्पसले बताए । उक्त प्रति विद्यार्थी रकमले हरेकलाई उच्च शिक्षा अध्ययन गर्नको कलेजमा तिर्नु पर्ने फिस, तथा किताब स्टेशनरी र स्कुल बैग किन्न पुग्ने भोर संस्थाले सुनाए ।
शिक्षाको उज्यालोबाट पुस्तौदेखि बन्चित मुसहर समुदायलाई अगामी ५ वर्ष भित्र पुर्ण शिक्षित पार्न र सम्पूर्ण बालबालिकाहरु र युवाहरुलाई विद्यालय र कलेजमा अध्य्यन गराउन सहयोग गर्न भोरले ५१ हजार आफनो तर्फबाट सहयोग गरी दीनाभद्री छात्रवृती कोषको स्थापना यही असार १८ गते गरेका छन् ।
उक्त दीनाभद्री छात्रवृती कोषको स्थापनाका लागि नेपालका पुर्व राष्टÇपति डा. रामवरण यादवले यस कोषमा सम्पुर्ण देशवासीलाई योगदान गरी पुस्तौदेखि पछाडी परेको समुदायको उत्थानमा योगदान गर्न अनुरोध गरेका छन् । शिक्षा विद् भोगेन्द्र झाले पनि भोरले शुरु गरेको दीनाभद्री छात्रवृती कोष जस्तो पावन र परोपकारी प्रयासमा सम्पूर्ण जन समुदाय र सरोकारवालाहरुलाई सहभागी हुन आग्रह गरेको हो ।
यस कोषमा देश विदेशमा रहेका नेपालीहरुले आफनो कमाईबाट सहयोग गरिरहेका छन् । त्यस्तै, देश भित्रका विभिन्न कलेजहरुले आंशिक तथा पूर्ण छात्रवृतिहरुलाई पनि समाहित गरीएको उक्त दिनाभद्री छात्रवृती कोष सृजनात्मक र परिवर्तन खोज्ने खालको कोषको रुपमा स्थापित हुदै गएको संस्थाका अध्यक्ष राजकुमार महताले सुनाए ।
भोरका कोषाध्यक्ष समेत रहेका शक्तिहिनको सशक्तिकरण–मुसहर समुदायको समग्र उत्थान अभियानको संयोजक पचुलाल माझी मुसहरले जिल्ला तथा समुदाय स्तरमा समन्वय, सहजीकरण, छलफल तथा भेटघाट मार्फत मुसहर विधार्थीहरुलाई कलेजमा भर्ना गराउन कार्य गरिरहेका छन् । साथै, यसरी भोरको सहजीकरण मार्फत र दीनाभद्री छात्रवृती कोषबाट उच्च शिक्षा अध्ययनको लागि सहयोग पाउने प्रत्येक विद्यार्थीले आफनो गाँउ टोलका मुसहर बालबालिकाहरुलाई स्वंयसेवाको रुपमा हरेक दिन १ घण्टा ट्यूशन पढाउने उत्प्रेरणा गर्ने र प्रतिवद्धता गराउने पहल भइरहेको संयोजक पंचुलाल माझीले बताए ।
नेपालको इतिहासमा सम्भवत पहिलो पटक यति धेरै संख्यामा मुसहर समुदायका व्यक्तिहरु उच्च शिक्षा अध्ययन शुरु गरिरहेका छन् । भोर एवम् शक्तिहिनको सशक्तिकरण–मुसहर समुदायको समग्र उत्थान अभियानको सहजीहरणमा गत अषाढ १८, २०७३ को दिन जनकपुरधाममा पूर्व राष्टÇपति यादवद्वारा सात जिल्लामा २०७२ सालको एसएलसी परिक्षामा उत्तिर्ण ९२ जना मुसहर विद्यार्थीहरुलाई सम्मानित गरिएको थियो त्यसमध्ये हाल सम्म ३७ जना विद्यार्थीहरुको उच्च शिक्षा हासिल गर्न विभिन्न जिल्लाहरुको विभिन्न कलेजहरुमा भर्ना गराइ रहेको छ भने बाँकी योग्यता पुरा गर्ने विद्यार्थीहरुको भर्ना प्रक्रिया जारी रहेको संस्थाका अध्यक्ष महतोले जानकारी गराए ।
दिनाभद्री कोषको सहयोगमा मुसहर विद्यार्थीहरुले उच्च शिक्षा हासिल गर्ने अवसर पाएपछि मुसहर विद्यार्थीहरुलाई पढाई आकर्षण बढेको यस क्षेत्र मुसहर अगुवाहरुले प्रतिक्रिया दिएका छन् । आर्थिक अवस्था कमजोर रहेका धेरै मुसहर समुदायका विद्यार्थीहरुले जसोतसो एसएलसी पास गरेपनि उच्च शिक्षा अध्ययन गर्न सकेका थिएन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »