बोरिया गाविस–७ घर भई हाल राजविराज–६ निवासी ३० वर्षीय दासले आफ्नै धान गोदाममा लुकाइराखेको करिब २३ लि पेट्रोल ग्राहकसँग बढी मूल्य लिएर बिक्री वितरण गरेको पाइएपछि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए । अभियुक्त दासलाई कालोबजारी ऐनअन्तर्गत कारबाही गरिने जनाइएको छ ।
त्यस्तै प्रहरीले राजविराज नगरपालिका–४ बाट सोमबार ठूलो परिमाणमा मदिरा बरामद गरेको छ । वडा प्रहरी कार्यालय राजविराजका इन्चार्ज ब्रह्मदेव साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले राजविराजका ५, ६ र ९ वडाबाट करिब छ क्विन्टल अवैध मदिरा बरामद गर्नाका साथै मदिरा बनाउने सामान बरामद गरेको हो ।
गंगा बास्तोला र तारा मगरका घरबाट मदिरा र त्यो बनाउन प्रयोग गरिने कच्चा पदार्थ तथा भाँडाकुँडासहितका मदिराजन्य सामग्री बरामद गरिनाका साथै दुवै अभियुक्तलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।
