सो आगलागीमा परी दुई बाख्रा, छ खसी, अन्नपात तथा अन्य सामान समेत जलेर नष्ट हुँदा करिब रु चार लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
आगो निभाउने क्रममा मण्डलका ३० वर्षीय छोरा सबुरी घाइते भएको र उहाँको स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरी चौकी ठाडीबाट खटिएको टोली र स्थानीयवासीको प्रयासपछि बिहान ३ बजेतिर आगो नियन्त्रणमा आएको थियो ।
