गोलबजार, ४ भदौ । पोखरीमा डुबेर एक ५ वर्षीय बालकको मृत्यु भएको छ । गोलबजार नगरपालिका–१ बलडाडास्थित नरे मुखियाको पोखरीमा आफ्नै दिदीहरु र काकाको छोरासँग नुहाउन गएका सोही ठाउँ बस्ने बद्री महतोका छोरा ५ वर्षीय शंखर महतोको शनिबार पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।