त्यसमध्ये तराइैका ४ सय ९७ वटा छन् । विशेषगरी तराईका ८ जिल्ला सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट, सप्तरी, महोत्तरी र धनुषामा विद्यालय बन्द हुनेको संख्या धेरै छ । कम पूर्वाधार, थौरै विद्यार्थी र नजिक नजिकमा धेरै विद्यालय भएपछि समुदायको समर्थनमा बन्द गरिएको विद्यालय व्यवस्थापन शाखाका उपनिर्देशक बरालले बताए ।
बिना पूर्वाधार, व्यापारमुखी, रोजगारमुखी र राजनितिक कारणले विद्यालय खोल्ने क्रम बढेको तर प्रभावकारी काम गर्न नसकेपछि बन्द भएका विभागले जनाएको छ । यस्तै ६ सय २१ विद्यालय समायोजन गरिएको छ । बसाईंसराईका कारण हिमाल र पहाडमा विद्यालय समायोजनको संख्या बढेको छ । देशभर झण्डै २९ हजार सामुदायिक विद्यालय छन् ।उज्यालो अनलाइनबाट
