मेडिकल कलेजका विद्यार्थीको आन्दोलनले विरामी मर्कामा

प्रकाशित समय 9:05:00 AM
जनकपुर, ५ भदौ । धनुषाको रमदैयाको जानकी मेडिकल कलेजका विद्यार्थीले आन्दोलन गरेका छन् । गर्मीका समयमा होस्टेलमा २४ घण्टा विद्युत सेवा उपलब्ध नगराएको भन्दै शनिबारदेखि विद्यार्थीले आन्दोलन गरेका हुन् ।
जानकी मेडिकल कलेजमा लामो समयदेखि भएको विद्युत समस्या समाधानको लागि तीन सय ५० जना विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् । अस्पतालले होस्टलको जेनेरेटरको क्षमता नबढाएको र भएको विद्युत पनि अस्पताललाई दिँदा होस्टेलका विद्यार्थीलाई समस्या परेको विद्यार्थीले गुनासो छ ।
विद्यार्थीको आन्दोलनले मेडिकल कलेजको पठनपाठन बन्द हुनुका साथै अस्पतालले दिने इमर्जेन्सी सेवा र ओपिडी सेवा पनि बन्द भएपछि बिरामीलाई समस्या परेको छ । विद्यार्थीहरुले स्वास्थ्य उपचार सेवा बन्द गरेपछि अस्पतालमा उपचार गराईरहेका एक सय बिरामी अन्यत्र गएका छन् ।
दाइको उपचार गर्न आएका धनुषा लक्ष्मीनिवास १ का रामभरत महतोले आन्दोलनले गर्दा सबै सेवा ठप्प भएर समस्या परेको गुनासो गरे ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »