कार्यक्रमको प्रभाव ः सुत्केरी बुहारीलाई स्याहार्दै सासुहरु

प्रकाशित समय 6:12:00 AM
कमलेश कुमार यादब
सिरहा,२४ साउन ः चेतनाको अभाव र आय आर्जनको भरपर्दो श्रोत नहुँदा सिरहाका ग्रामीण भेगमा विकराल समस्याको रुपमा देखिएको महिलाको पाठेघरको समस्यामा पछिल्लो समयमा कमी आएको छ ।
गर्भवती अवस्थादेखि जन्मेको शिशु दुई वर्ष पुगुञ्जेलसम्म शिशुको मानसिक तथा शारीरिक अवस्थाको विकास गर्न नेपाल सरकारले लागु गरे
कार्यक्रमको प्रभावकारितामाथि छलफल गर्दै गौतारीका महिलाहरु 
को सुनौला हजार दिनको आयोजनाले शिशु जन्माउने आमाहरुलाई उनीहरुका सासु र जेठानीहरुले स्याहार्न थालेपछि सिरहामा पछिल्लो समयमा पाठेघरको समस्यामा कमी आएको हो ।
आयोजनाको अवधारणा अनुसार, विपन्न, पिछडिएको तथा सिमान्तकृत परिवारका दुई वर्षभित्रका शिशुहरुलाई कुपोषणबाट जोगाउन आयआर्जनका श्रोतको साथै व्यक्तिगत सरसफाई, सुरक्षित खानेपानी, सामुदायिक सरसफाई र सुत्केरी भएका आमाको स्याहारसुसारसहित १५ वटा सचेतना सम्बन्धि कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने हुन्छ । त्यस्ता कार्यक्रममा सहभागी भएपछि मात्र त्यस्ता परिवारको आय आर्जनतर्फ पहुँच पुग्ने भएकोले आयोजना सञ्चालन भएका सिरहाका २२ गाविसका सुत्केरी परिवारमा सुत्केरीको स्याहारसुसार गर्ने प्रवृतिको विकास हुन थालेको छ ।
पहिले सुत्केरीको अवस्थामा महिलामाथि बढी बोझयुक्त काम लाद्ने कारणले नै पाठेघरको समस्या हुँदो रहेछ भन्ने कुरा थाहा थिएन तर अब कम्तीमा पनि ४५ दिनसम्म सुत्केरी महिलालाई कुनै काम गर्न दिनुहुँदैन भन्ने जानकारी सुनौला हजार दिनको तालिमबाट थाहा पायौं, डुमरी गाविस–१ की उर्मिलादेवी पासमानले भन्छीन , हाम्रो परिवारमा मात्र होइन डुमरीका हरेक घरपरिवारले सुत्केरी बुहारीप्रतिको व्यवहारमा परिवर्तन ल्याउँदैछन् ।
हामीले त आफ्नो वडाका प्रत्येक घरमा गएर सुत्केरी महिलालाई कम्तीमा डेढ महिनासम्म घरको कुनै कामकाजमा सरिक नगराउन उर्दी नै जारी गरेका छौं, गौतारी गाविसकी वडा नं. १ का टोली नेता सुमित्रा कुमारी महतोले–अहिले गौंतारीका सासु र जेठानीले सुत्केरी भएका बुहारी र देउरानीमाथि बुहार्तन झार्न बन्द भएको छ ।
सुनौला हजार दिन आयोजनाका जिल्ला संयोजक विजय कुमार यादवले आयोजनाको प्रारम्भिक चरणमा सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्यसम्बन्धि चेतना बढाउन सफल भएको जानकारी दिंदै भने कुल मिलाएर आयोजनाले आफ्नो लक्ष्य हासिल गर्दै गएको छ तर एकाध गाविसमा गाविस सचिव, प्राविधिक सहायक र स्थानीय अगुवाहरुबीच विवाद उत्पन्न भएकोले ती स्थानहरुमा मात्र समस्या छ ।
वालविवाह, अति विपन्नता, चेतनाको स्तरमा कमी, अशिक्षा, गर्भवती अवस्थामा पोषणयुक्त खाना खान नपाउने समस्याले सिरहामा ३३ प्रतिशत महिलाहरु पाठेघरको समस्याबाट पीडित भएको यससँग अनुसन्धानमा संलग्न सञ्चारकर्मी निर्मला दाहालले जानकारी दिए ।
पहिले पाठेघरको समस्याबाट पीडित महिलाहरु चाहेर पनि आफ्नो रोग देखाउन सक्दैन थिए, दाहालले भने –अहिले अब खुलेर आफ्नो रोगको बारेमा बोल्न सक्ने भएको हुँदा सिरहाको ग्रामीण भेगका प्रत्येक एक घरका एक महिला पाठेघरको पुरानो समस्या लिएर स्वास्थ्य चौकी गएको हामीले देखेका छौं ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »