नेपालीको हत्यामा संलग्न भारतीय नागरिक पक्राउ

प्रकाशित समय 9:07:00 AM
राजविराज, ५ भदौ । सप्तरी प्रहरीले मोरङको विराटनगर उपमहानगरपालिका वडा नं १९ का राजेश साहको हत्या गरेर फरार रहेका एक भारतीय नागरिकलाई शनिबार साँझ पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको अररिया जिल्ला जोगवनीका २६ वर्षीय जिवछकुमार साह रहेको सप्तरीका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । जिवछलाई गोप्य सूचनाको आधारमा जिप्रका सप्तरीबाट खटेको प्रहरी टोलीले जिल्लाको बभन्नगामाकटी गाविसको सडेपारस्थित ससुरा कृष्ण साहको घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनलाई अवश्यक अनुसन्धानका लागि पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानी विराटनगर पठाइएको प्रहरी उपरीक्षक ढकालले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »